काठमाडौं । काठमाडौं क्षेत्र नम्वर ५ मा प्रतिनिधि सभा तर्फ स्वतन्त्र उम्मेदवार रञ्जु दर्शनाले ठुला नेताहरुले निर्वाचनमा गर्ने खर्चको स्रोत खुलाउनुपर्ने बताएकी छन् । सुनौलो नेपालसँगको कुराकानीमा उम्मेदवार दर्शनाले सम्पत्ति विवरण सार्वजनिक गर्दा २ कठ्ठा मात्रै जग्गा देखाउने अनि चुनावमा गर्ने खर्चको श्रोत नखुलाउने गरेकोमा आपत्ति जनाईन् ।
उनले मध्यम वर्गाीय व्याक्तिले पनि सहजै चुनाव लड्न सक्नगरि निर्वाचन पद्धतीको विकास हुनुपर्ने बताईन् । ‘उहाँहरुले (नेताहरुले) त्यो करौडौं करोड कहाँबाट ल्याउनुहुन्छ र त्यो करोडौं करोड रुपैयाँ कहाँबाट खर्च गर्नुहुन्छ भन्नेकुरा सार्वजनिक गर्नुपर्यो’ उनले भनिन् ‘सम्पत्ति विवरण देखाउने वेलामा दुई कठ्ठा जमिन मात्रै देखाउने अनि निर्वाचनको कार्यक्रम गर्न पैसा कहाँबाट आयो ?’
उनले भ्रष्टाचारीहरुको चेन ब्रेक गर्नका लागि आफु चुनावमा भाग लिएको बताईन् । काठमाडौं ५ बाट भिआईपी नेताहरु निर्वाचनमा भाग लिँदा मतदाताले उनीहरुलाई छोडेर तपाईलाई मत दिन्छन् त ? भन्ने प्रश्नमा उनले जनताले भिआईपी नछानी मतदानमा विवेक पुर्याउने विश्वास व्यक्त गरिन् ।
हेर्नुहोस् पुरा भिडिओ :