logo

२०८१ मंसिर ११ मंगलबार

logo
  • मंगलबार, ११ मंसिर २०८१
  • ‘जनतासँगको अट्याचमेन्ट’ : जसले एलपी साँवाको दोहोरिने आधार बनायो

    ‘जनतासँगको अट्याचमेन्ट’ : जसले एलपी साँवाको दोहोरिने आधार बनायो

    4.4K
    Shares

    काठमाडौं- लालप्रसाद (एलपी) साँवा लिम्बू झापा क्षेत्र नम्बर ४ नेकपा एमालेबाट दोस्रोपटक मैदानमा उत्रिएका छन् । २०७४ सालमा सानदार विजयी भएका लिम्बू दोस्रोपटक मैदानमा उत्रिएपछि झापा– ४ एमालेको विजयी सूचीमा परेको छ ।

    विगतको पाँच वर्षमा लिम्बूले गर्नुभएका विकासे काम, जनतासँग प्रत्यक्ष सम्बन्ध, गरिब तथा तल्लो तहका मतदातामा पु¥याएको प्रत्यक्ष राहतका कारण विजयी हुन सहज हुने अड्कलबाजी गरिएको छ । झापामा माओवादीभन्दा बलियो शक्ति रहेको राप्रपासँग गरेको तालमेलका कारण उहाँ अझै सहज अवस्थामा पुगेको अनुमान गरिएको छ ।

    झापामा मनोनयन दर्तापछि काठमाडौं आएका लिम्बूले सञ्चारकर्मीसँगको अन्तर्क्रियामा आफ्नो जीत सुनिश्चित रहेको दाबी गर्नुभयो । ‘चुनाव हो पक्कै पनि कडा प्रतिस्पर्धा हुन्छ,’ उनको भनाइ छ, ‘तर मेरो दोस्रो कार्यकाल कसैले रोक्न सक्दैन ।’

    २०७४ सालमा झापा ४ बाट कांग्रेसका देउमान थेवेलाई हराउँदै लिम्बूले जिल्लामै पहिलोपटक विजयी खाता खोलेका थिए । उनले थेवेलाई १७ हजारभन्दा बढी मतले हराएका थिए ।

    एमालेका साँवाले ४३ हजार ५१५ मत प्राप्त गरी विजयी हुँदा कांग्रेसका देउकुमार थेबेले २६ हजार ८२२ मत प्राप्त गरेका थिए । साँवा ०७० मा कांग्रेसका केशवकुमार बुढाथोकीसँग दुई सय भन्दा कम मतान्तरमा पराजित भएका थिए । प्रदेशसभा तर्फ पनि तत्कालिन वाम गठबन्धनका उम्मेदवार विजयी भएका थिए ।

    साँवाले दोस्रो कार्यकालका लागि आफ्नो प्रतिस्पर्धाबारे पनि खुलाए । ‘मेरो हरेक क्षेत्रमा १० वर्षे अभियान छ, पहिलो १० वर्ष वैदेशिक रोजगारीमा बिताएँ, अरु व्यवसायमा पनि १० वर्षपछि छाड्ने गरेको छु,’ उनको भनाइ छ, ‘मेरो इच्छाले अबको पाँच वर्षमात्रै म सांसद भएर सेवा गर्छु ।’

    गएको चुनावका प्रतिस्पर्धी नै मंसिर ४ गते हुने चुनावमा उम्मेदवार छन् । साँवा एमालेबाट, देवे कांग्रेसबाट । परिस्थिति भने बदलिएको छ । अघिल्लो चुनावमा माओवादी केन्द्र एमालेसँग थियो भने यसपटक माओवादी कांग्रेससँग छ । तर, साँवालाई माओवादी केन्द्रको कांग्रेससँगको गठबन्धनले अत्याएको छैन । ‘चुनाव जितिन्छ, तयारी त्यस्तै छ,’ उनको भनाइ छ । माओवादी र राप्रपाको जनाधार उस्तै, उस्तै छ । थोरै उम्मेदवार उठाउँदा पनि झापा ४ मा राप्रपाले ४५५६ मत स्थानीय तहका वडामा पाएको थियो ।

    ‘मेरो हरेक क्षेत्रमा १० वर्षे अभियान छ, पहिलो १० वर्ष वैदेशिक रोजगारीमा बिताएँ, अरु व्यवसायमा पनि १० वर्षपछि छाड्ने गरेको छु,’ उनको भनाइ छ, ‘मेरो इच्छाले अबको पाँच वर्षमात्रै म सांसद भएर सेवा गर्छु ।’

    साँवा पनि वडागतरुपमा माओवादी केन्द्र र राप्रपाले पाएको मतसँगै स्वतन्त्र मत पनि आफूतिर आउनेमा विश्वस्त छन् ।

    जितका आधार
    साँवा झापा ४ मा एमालेबाट एक्लै सिफारिस भएका तिइ । गएको पाँच वर्षको क्रियाशीलता, विकासे छवि, निष्कलंक व्यवहार र उत्तरदायी जनप्रतिनिधि भएकै कारण उनको एकल सिफारिस भएको एमाले जिल्ला अध्यक्ष दीपक कार्की बताउँछन् । साँवाको उम्मेदवारी र नेतृत्वमा क्षेत्र नम्बर ४ एक ढिक्का छ ।

    स्वतन्त्र व्यक्तित्वहरु, युवा र नागरिक समाजको बलियो साथ साँवालाई मिलेको छ । विपक्षी उम्मेदवार भन्दा ‘मास भोटर’को विश्वास साँवातिर देखिएको छ । जसले उनलाई सहज जितको नजिक पुर्‍याएको छ ।

    आदिवासी जनजातिको प्रतिनिधित्व, सहज व्यक्तित्वले उहाँप्रति मतदाताको विश्वास बढेको देखिन्छ ।

    साँवाले आफ्नो जितका आधारमा पार्टीको ‘गुडविल’लाई पनि जोडेका छन् ।

    महाभारादेखि पूर्वपश्चिम राजमार्ग जोड्ने २९ किलोमिटर सडकलाई संघबाट प्रदेशको योजनामा पारेर काम पूरा गरिएको छ । कालोपत्रे सडक पूर्वाधार झापा ४ मा तीब्र गति भइरहेको छ । कनकाई, बिरिङ, सतासी, कमल खोलाको तटबन्धको काम भएको छ । ‘८० प्रतिशत काम बाँकी छ,’ उनी भनछन्, ‘२० प्रतिशत मेरो पालामा भएको हो, बाँकी पूरा गर्न एमालेलाई नै खोज्ने गरिएको छ ।’

    राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम क्षेत्रमा लगिएको साँवाको भनाइ छ । विद्यालयको भवन निर्माण, आईसीटी ल्याब निर्माण, नमूना विद्यालय घोषणा जस्ता काम शिक्षामा भएका छन् । उनी भन्छन्, ‘मेरा काम जनताले चिन्ने बुझ्ने खालका छन् ।’

    साँवाले एमाले सरकारले एकैपटक ३९६ वटा आधारभूत अस्पताल शिलान्यास गरिएकोमा तीन वटा आफ्नो क्षेत्रमा पारेका छन् । धार्मिक पर्यटन विकास उनको अर्को काम हो । जनतासँग जनप्रतिनिधि अभियानले आफूसँग स्थानीयको ‘अट्याचमेन्ट’ बढेको बताउँछन् ।

    निरन्तरता
    झापामा विद्यालय तहको पढाइमा सधैँ पहिलो र दोस्रो भएका साँवाले राजनीतिलाई आफ्नो अभिन्न अङ्ग मान्छन् ।

    हात्तिसार क्याम्पस धरानमा साइन्स पढ्न उक्लनुभएका साँवालाई पढाइभन्दा राजनीतिले तान्यो । क्याम्पस प्रारम्भिक कमिटी अध्यक्ष, स्ववियु सभापति भएपछि डाक्टरी पढ्न हिँड्नुभएक साँवाको झुकाव राजनीतितिर देखियो ।

    अनेरास्ववियु मोरङ कोषाध्यक्ष भएपछि काठमाडौं आउनुभएका साँवाले अमृत साइन्स क्याम्पसमा पढाइ र राजनीति सँगसँगै लगे ।

    एमाले नेताहरु राजेन्द्र गौतम, हिक्मत कार्की, विनोद ढकाल, जीवन घिमिरे, स्व. घनेन्द्र जीमी उनका समकक्षी हुन् ।

    वैदेशिक रोजगार व्यवसायी संघको अध्यक्षपछि साँवाकै नेतृत्वमा एमालेमा उद्योगी व्यवसायी संगठित भए । अहिले देशभर हजारौं व्यवसायी उद्योग व्यवसायी महासंघको छातामुनी छन् ।

    नेपालमा वैदेशिक रोजगारबाट रेमिट्यान्स भित्र्याउन सुरुवाती नेतृत्व लिएका साँवाले भौतिक आक्रमणसमेत व्यहोर्नुपरेको थियो । उनीमाथि २०६३ सालमा गोली प्रहार भएको थियो ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend