logo

२०८१ जेष्ठ ६ आइतबार

logo
  • आइतबार, ६ जेष्ठ २०८१
  • प्रविधिमैत्री प्रहरीलाई अनुकुल हुने वातावरण निर्माणमा सरकार प्रतिवद्ध छ : गृहमन्त्री

    प्रविधिमैत्री प्रहरीलाई अनुकुल हुने वातावरण निर्माणमा सरकार प्रतिवद्ध छ : गृहमन्त्री

    3.3K
    Shares

    काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँणले सक्षम प्रहरी संगठनका लागि आवश्यक तालिम दिन सरकार प्रतिवद्ध रहेको बताएका छन् । आईतवार प्रहरी निरीक्षक आधारभुत तालिम दिक्षान्त समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । गृहमन्त्री खाँणले तालिमका बेला बगाएको पसिनाले आगामी दिनमा देशमा आइपर्ने समस्याको समाधानमा सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

    उनले तालिममा सिकेका सीपमार्फत अपराध नियन्त्रण र अनुसन्धानका क्रममा आउने अवरोधहरुलाई परिणाममुखी बनाउन सफल हुने विश्वास व्यक्त गरे । गृहमन्त्री खाँणले कानूनी राज्यको स्थापनाका लागि दृढ रहन प्रहरी संगठनलाई निर्दशनसमेत दिए । उनले आफ्ना जिम्मेवारीहरुलाई पूर्ण पालना गरी कानूनी राज्यको प्रत्याभुति दिन प्रहरी जवानहरुलाई निर्देशन दिए ।

    गृहमन्त्री खाँणले प्रविधिबाट सिर्जित नविन समस्याको समाधान प्रविधिमैत्री प्रहरी प्रविधिले सुसज्जित श्रोत, साधनले मात्र सम्भव हुने भन्दै प्रविधिमैत्री प्रहरीलाई अनुकुल हुने वातावरण निर्माणका लागि श्रोत, साधनको व्यवस्थापनमा सरकार प्रतिवद्ध रहेको बताए ।

    गृहमन्त्री खाँणले आगामी दिनमा आउने विभिन्न चुनौतीलाई समाधान गर्न सक्षम बन्ने हरेक कार्यक्रमका लागि सरकार नेपाल प्रहरीको सहयोगमा हुने विश्वास व्यक्त गरे ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend