logo

२०८१ जेष्ठ ६ आइतबार

logo
  • आइतबार, ६ जेष्ठ २०८१
  • चुनौती भएपनि सुरक्षा निकायको सहयोगले चुनाव शान्तिपुर्ण हुन्छ : गृहमन्त्री

    चुनौती भएपनि सुरक्षा निकायको सहयोगले चुनाव शान्तिपुर्ण हुन्छ : गृहमन्त्री

    3.4K
    Shares

    काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँणले आगामी मंसीर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन सफलतापूर्वक सम्पन्न हुने विश्वास व्यक्त गरेका छन् । गृहमन्त्री खाँणले सुरक्षाका धेरै चुनौतिहरु रहेपनि सुरक्षा निकायहरुका साझा र संयुक्त प्रयत्नले सो निर्वाचन सफलतापूर्वक सम्पन्न हुने बताएका हुन् ।

    आईतबार काठमाडौंमा आयोजित बागमती प्रदेशस्तरिय निर्वाचन केन्द्रीत सुरक्षा गोष्ठी कार्यक्रममा बोल्दै गृहमन्त्री खाँणले आगामी निर्वाचनमा देखिएको जटिलताहरुलाई हल गर्न सरकारले सुरक्षा निकायहरुसँग आवश्यक सहजीकरणको काम गर्ने प्रतिवद्धता समेत व्यक्त गरे ।

    गृहमन्त्री खाँणले सुरक्षाकर्मी र सुरक्षा निकायलाई अत्याधुनिक बनाउने कामलाई सरकारले अझै प्राथमिकताका साथ अघि बढाउने पनि
    दोहो¥याए । गृहमन्त्री खाँणले नागरिकता विहीन नेपाली नागरिकलाई नागरिकता दिने विषयलाई राजनीतिक विषय बनाउन नहुने पनि स्पष्ट पारे ।

    गोष्ठीमा बोल्दै गृहसचिव विनोदप्रकाश सिंहले आगामी प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा प्रभावकारी ढंगले सुरक्षा निकायको परिचालन गर्न सम्बन्धित जिल्लाका जिल्ला सुरक्षा समितिलाई समेत निर्देशन दिए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend