logo

२०८१ माघ ४ शुक्रबार

logo
  • शुक्रबार, ४ माघ २०८१
  • ओलीले भने-गठबन्धनलाई हराउने हो, लिङ्देनलाई जिताउनुपर्छ

    ओलीले भने-गठबन्धनलाई हराउने हो, लिङ्देनलाई जिताउनुपर्छ

    2.5K
    Shares
    ओलीले भने-गठबन्धनलाई हराउने हो, लिङ्देनलाई जिताउनुपर्छ

    काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीको इज्जतका लागि पनि झापा–३ मा राजेन्द्र लिङ्देनलाई जिताउनुपर्ने बताएका छन् । शुक्रबार झापा–३ मा आयोजित कार्यक्रममा अध्यक्ष ओलीले राप्रपा अध्यक्ष लिङ्देनका लागि भोट मागे ।

    ‘एमालेको इज्जतका लागि पनि राजेन्द्र लिङ्देनलाई जिताउनुपर्छ’ उनले भने, हलोलाई पनि भोट हाल्नुपर्छ नभए देशद्रोही आउँछन्, देशद्रोहीलाई रोक्न पनि हलोमा भोट हाल्नुपर्छ । मुख्य कुरा गठबन्धन हराउने हो’ ओलीले भने ।

    उनले एमालेले समर्थन गरेका सबै उम्मेदवारले यसपटक जित्ने ओलीले गरे । एमाले अध्यक्ष ओलीले आगामी निर्वाचनबाट राष्ट्रिय प्रजातन्त्र पार्टी राष्ट्रिय पार्टी बन्ने बताए । ‘राप्रपा राष्ट्रिय पार्टीको रुपमा आउँछ । संसदमा राजेन्द्र लिङ्देन मात्र होइन, एमालेको साथमा लागेपछि त राष्ट्रिय पार्टी हुन्छ’ उनले भने ‘जसपा राष्ट्रिय पार्टी थियो, कायम रहन्छ ।’

    अध्यक्ष ओलीले नेपाली कांग्रेस र माओवादी केन्द्र राष्ट्रिय पार्टी बने पनि माधवकुमार नेपाल नेतृत्वको एकीकृत समाजवादी भने राष्ट्रिय पार्टी बन्न नसक्ने दावी गरे । ‘कांग्रेस राष्ट्रिय पार्टी रहने भयो, यसपल्टको हकमा माओवादी पनि राष्ट्रिय पार्टी बन्छ । माधव नेपालहरुले पनि एउटा पार्टी खोलेका छन्, त्यसको कन्तबिजोग हुन्छ, के को राष्ट्रिय पार्टी ?’

    लोकतान्त्रिक समाजवादी पार्टी पनि यसपटक राष्ट्रिय पार्टी नबने ओलीले बताए । राष्ट्रिय पार्टी बन्न प्रतिनिधिसभा निर्वाचनमा समानुपातिक पद्धतितर्फ कुल सदर मतको ३ प्रतिशत मत ल्याउनुपर्छ र प्रत्यक्ष निर्वाचन प्रणालीबाट पनि एक सिट जित्नुपर्छ ।

    ओलीले एमाले एक्लैले बहुमत ल्याउने समेत दावी गरे । एमालेले बहुमत ल्याए पनि एमालेको साथमा रहेका जनता समाजवादी पार्टी र राप्रपासहितको सरकार बन्ने बताए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2025 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend