logo

२०८१ जेष्ठ ४ शुक्रबार

logo
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • १५ वर्षीया बालिका बलात्कारको अरोपमा बाराका २३ वर्षीय युवक पक्राउ

    १५ वर्षीया बालिका बलात्कारको अरोपमा बाराका २३ वर्षीय युवक पक्राउ

    2.8K
    Shares

    वीरगञ्ज । बालिका बलात्कारको आरोपमा बाराका एक युवक पक्राउ परेका छन् । बाराको परवानीपुर गाउँपालिका–२ मुसहर टोलका २३ वर्षीय आकाश कुमार मण्डल भनिने सनी कुमार मण्डललाई प्रहरीले पक्राउ परेको हो । १५ वर्षीया बालिकालाई असोज २३ गते राति जर्बजस्ती करणी गरेको उजुरीको आधारमा उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक दीपक गिरीले जानकारी दिए ।

    घटना असोज २३ गतेको भएपनि उजुरी भने कात्तिक ८ गते मात्रै परेको प्रहरी नायब उपरीक्षक गिरीले बताए । उजुरी परेलगत्तै आकाशलाई पक्राउ गरी घटनाका बारेमा थप अनुसन्धान प्रक्रिया अघि बढाएको प्रहरी नायब उपरीक्षक गिरीको भनाइ छ ।

    पक्राउ परेका आकाश वीरगञ्ज–१४ बहुअरी स्थित स्पर्श मल्टी स्पेसालिटी अस्पतालमा स्वीपरको काम गर्दै आएका थिए । बालिका सोही अस्पतालमा भर्ना भएका आफन्तलाई भेट्न आउने जाने गर्थिन् । चिनजानपछि फोनमा समेत कुराकानी हुने गरेको थियो । असोज २३ गते भने आकाशले जर्बजस्ती करणी गरेको आरोप बालिका पक्षको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend