
भरतपुर । भरतपुर महानगरपालिकाले जग्गाको कित्ताकाट खुलाएको छ । पाँच हजार वर्गमिटरभन्दा कम अर्थात् १४ कट्ठा १५ सम्म क्षेत्रफल भएको जग्गाको कित्ताकाट खुला गरिएको महानगरका उपप्रमुख चित्रसेन अधिकारीले जानकारी दिए।
जग्गा व्यवसायीसँग भएको मौखिक सहमतिपछि महानगरले बोर्ड बैठकबाट नै जग्गा कित्ताकाटको निर्णय गरेको अधिकारीले जानकारी दिए । भू–उपयोग नियमावली, २०७९ को नियम ८ मा भू–उपयोग क्षेत्र वर्गीकरण गर्ने आधार र मापदण्ड रहेको छ ।
यसै नियमावलीको अनुसूची १ को बुँदा क (९) मा बसोबास, व्यावसायिक क्षेत्र वा अन्य उपयोग भएको क्षेत्रसँग जोडिएको भए तापनि कित्ताको क्षेत्रफल पाँच हजार वर्गमिटरभन्दा बढी अर्थात् १४ कट्ठा १५ धुरभन्दा बढी खेती गरिएको वा खनजोत गरिएको वा पर्ती बाँझो जग्गा कृषि क्षेत्र भनी उल्लेख गर्नुपर्ने व्यवस्था छ ।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend