logo

२०८१ मंसिर ६ बिहिबार

logo
  • बिहिबार, ६ मंसिर २०८१
  • कमल थापाले बोले एमालेकै भाषा,भन्छन्-गठबन्धनले चुनाव जिते देश श्रीलंकाभन्दा खराब हुन्छ

    कमल थापाले बोले एमालेकै भाषा,भन्छन्-गठबन्धनले चुनाव जिते देश श्रीलंकाभन्दा खराब हुन्छ

    2.2K
    Shares

    हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले आगामी निर्वाचनमा एमालेले नजिते देशको अवस्था श्रीलंकाभन्दा खराब हुने दाबी गरेका छन् । एमालेका तर्फबाट मकवानपुर १ बाट प्रतिनिधि सभाका उम्मेदवार थापाले एमालेको जीतले मात्र मुलुक समृद्ध बन्नसक्ने दाबी गरेका हुन् ।

    हेटौंडा उपमहानगरपालिका वडा नम्बर ५ मा भएको चुनावी कार्यक्रमलाई सम्बोधन गर्दै थापाले पाँचदलीय गठबन्धनको सरकारसँग देश चलाउने कुनै पनि भिजन र इच्छाशक्ति नभएको औंल्याए ।

    त्यसकारण उनीहरुले जिते देशको अवस्था जर्जर हुने र श्रीलंकाको अवस्थामा पुग्ने उनले बताए । ‘पाँच दलीय गठबन्धन भनेको छ । पाँचै पार्टीको घोषणापत्र सार्वजनिक गरिएको छ । गठबन्धनले जितेको अवस्थामा कुन पार्टीको घोषणापत्र कार्यान्वयन गर्ने गठबन्धनका दलले ? यस्ता झूटका खेती गरेर जनता झुक्याउने काम पाँच दलीय गठबन्धनले गरिरहेको छ । भ्रममा नपर्न म सबैलाई आग्रह गर्दछु’, थापाले भने ।

    थापाले एमाले विरुद्ध बनेको पाँच दलीय गठबन्धनले चुनाव जिते देश अस्थिरता र भ्रष्टाचारको दलदलमा फस्ने समेत बताए । पाँच दलीय गठबन्धनले सत्तामा पुग्न र कुर्सीमा बस्न विदेशीसँग सहयोग मागिरहेको उनको भनाइ छ ।

    थापाले यो पटक देश बनाउने र देश बिगार्नेबीचको प्रतिस्पर्धा रहेको उल्लेख गरे । केपी ओलीको सरकारले सयौं गुणा राम्रा काम गरेको भन्दै उनले देशलाई बचाउन एमाले जिताउनु बाहेक अर्को विकल्प नभएको बताए । थापाले आफूले चुनाव जिते हेटौंडालाई देशकै नमुना राजधानी बनाउन पहल गर्ने बताए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend