शुक्रबार, चैत्र २९ २०८१

शुक्रबार, चैत्र २९ २०८१

एनआईसी एसिया बैंकको सीईओमा रोशनकुमार न्यौपाने पुनर्नियुक्त

एनआईसी एसिया बैंकको सीईओमा रोशनकुमार न्यौपाने पुनर्नियुक्त

काठमाडौं। एनआईसी एसिया बैंकको प्रमुख कार्यकारी अधिकृतमा रोशनकुमार न्यौपाने पुनर्नियुक्त भएका छन्।बैंकको आज बसेको सञ्चालक समितिको बैंठकले न्यौपानेलाई बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा पुनर्नियुक्त गरेको हो।

हाल बैंकको सीईओका रुपमा कार्यरत रहेका न्यौपानेलाई बैंकको सञ्चालक समितिले आउँदो मंसिर १५ गतेदेखि लागू हुने गरी सीईओको पदमा थप ४ वर्षको अवधिका लागि पुर्ननियुक्त गर्ने निर्णय गरेको हो।

यसअघि बैंकमै कार्यरत न्यौपानेलाई २०७५ साल मंसिर १६ गतेदेखि पहिलोपटक प्रमुख कार्यकारी अधिकृत नियुक्त गरिएको थियो। न्यौपाने पहिलोपटक सीईओ हुँदा ३८ वर्षका थिए।

न्यौपानेले बैंकको नेतृत्व सम्हालेपछि आफ्नो प्रथम कार्यकाल पूर्णरुपमा सफल बनाउँदै बैंकले अधिकांश सूचकहरुमा अग्रणी स्थान हासिल गर्न सफल भएको बैंकले जानकारी दिएको छ। चालू आ.व. २०७९/८० को प्रथम त्रैमासमा खुद नाफा, ग्राहक संख्या, स्व–पूँजीमा प्रतिफल, प्रतिशेयर आम्दानी, शाखा कार्यालयहरु, एटिएम, विस्तारित काउन्टर लगायतका सूचकमा नम्बर एक स्थान हासिल गर्न सफल भएको बैंकले दाबी गरेको छ।

चालु आ.व.को पहिलो त्रैमासमा खुद मुनाफातर्फ रु. १.७५ अर्ब आर्जन गर्दै सबैभन्दा धेरै खुद मुनाफा आर्जन गर्ने वाणिज्य बैंक बन्न सफल भएको छ। जुन मुनाफा वार्षिक विन्दुगत आधारमा ४९ प्रतिशतको वृद्धि हो। त्यसैगरी स्वपुँजीमा प्रतिफल २६.५५ प्रतिशत र वार्षिक प्रतिसेयर आम्दानी रु. ५९.६२ आर्जन गर्न बैंक सफल भएको छ। जुन २६ वटै वाणिज्य बैंकहरुमध्ये सबैभन्दा बढी हो।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend