logo

२०८१ मंसिर ७ शुक्रबार

logo
  • शुक्रबार, ७ मंसिर २०८१
  • जनतालाई सुखी र समृद्ध बनाउने कार्यभार गोखराका उम्मेदवारलाई छ : नारायणकाजी श्रेष्ठ

    जनतालाई सुखी र समृद्ध बनाउने कार्यभार गोखराका उम्मेदवारलाई छ : नारायणकाजी श्रेष्ठ

    2.8K
    Shares

    काठमाडौं । नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले देशले नेपाली समाजको आवश्यक्ता, अपेक्षा र नेपालको संविधान र परिवर्तन निर्देशअनुसार गुणात्मक फड्को मार्न नसकेको बताएका छन् ।

    बिहीवार काठमाडौंमा भएको गोरखा जिल्लाका गठबन्धनका साझा उम्मेदवारहरुको परिचयात्मक चुनावी प्रचारप्रसार कार्यक्रम समारोहलाई सम्बोधन गर्दै वरिष्ठ उपाध्यक्ष श्रेष्ठले यस्तो बताएका हुन् । उनले राजनीतिक परिवर्तनलाई राजनीतिक परिवर्तनमा मात्रै सिमित नराखेर सामाजिक, आर्थिक रुपान्तरणको क्षेत्रमा विस्तारित गर्ने, साामाजिक न्यासहितको समृद्ध मुलुक बनाउने र आम जनतालाई समृद्ध बनाउनेगरी काम गर्न आवश्यक रहेको जिकिर गरे ।

    वरिष्ठ उपाध्यक्ष श्रेष्ठले आजको मुख्य कार्यभार समद्धिको दिशामा फड्को मार्नु रहेको बताए । समृद्धिको पक्षमा गुणात्मक हस्तक्षेप गरेर मात्रै जनतालाई समृद्धि दिनसकिने उनको भनाई छ । अहिलेको सत्ता गबठन्धनले जनतालाई सुखी र समृद्ध बनाउने कार्यभार पूरा गर्नुपर्ने बताए ।
    गठबन्धनको यो कार्यभार पूरा गर्ने अवसर गोरखाबाट चुनिने उम्मेदवारहरुका लागि रहेको उनले बताए । धेरै भन्दा धेरै मत ल्याएर गठबन्धनका उम्मेदवारहरुलाई जिताउन पनि उनले मतदातालाई आग्रह गरे ।

    वरिष्ठ उपाध्यक्ष श्रेष्ठले शान्ति प्रक्रियाको बाँकी कार्यभार पूरा गर्न बाँकी रहेको उल्लेख गर्दै राजनीतिक प्रक्रिया पूरा गरेपनि द्वन्द्वपीडितलाई न्याय दिने, राष्ट्रिय मेलमिलाप कायम गर्न ठोस भुमिका खेल्ने र दिगो शान्तिको स्थापनाको काम बाँकी रहेको जिकिर गरे ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend