logo

२०८१ असोज १२ शनिबार

logo
  • शनिबार, १२ असोज २०८१
  • जुम्लामा हेलिकप्टरमार्फत् मतपत्र ढुवानी

    जुम्लामा हेलिकप्टरमार्फत् मतपत्र ढुवानी

    1.8K
    Shares
    जुम्लामा हेलिकप्टरमार्फत् मतपत्र ढुवानी

    जुम्ला । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनका लागि प्रयोग हुने प्रत्यक्ष र समानुपातिकतर्फका मतपत्र जुम्ला आइपुगेको छ ।

    सुर्खेतबाट नेपाली सेनाको हेलिकप्टरमार्फत् मतपत्र ल्याइएको निर्वाचन कार्यालय जुम्लाका प्रमुख महेश शर्माले जानकारी दिए । नेपाली सेना नन्दबक्स गणका गणपति रवीन थापाले नेपाली सेनाको हेलिकप्टरले २ पटकमा मतपत्र ल्याएको जानकारी दिए ।

    गत असोज १९ गतेदेखि परेको अविरल वर्षा र बाढीका कारण कर्णाली राजमार्ग अबरुद्ध भएपछि हेलिकप्टरमार्फत् मतपत्र ल्याइएको मुख्य निर्वाचन अधिकृतको कार्यालय जुम्लाका प्रमुख विष्णुप्रसाद गौतमले जानकारी दिए । स्थानीय तहको निर्वाचनका लागि भने मतपत्र ट्रकमार्फत् ल्याइएको थियो ।

    निर्वाचन आयोगका अनुसार समानुपातिकतर्फ एक लाख ५१ हजार मतपत्र ल्याइएको छ । जसमध्ये प्रतिनिधिसभाको समानुपातिकतर्फ ७७ हजार र प्रदेशसभा समानुपातिकतर्फ ७४ हजार मतपत्र ल्याइएको हो ।

    साथै, प्रत्यक्षतर्फको प्रतिनिधिसभाका लागि ७६ हजार र प्रदेशसभा (क) का लागि ४२ हजार तथा प्रदेशसभा (ख) का लागि ३६ हजार मतपत्र ल्याइएको हो । जिल्लामा रहेका ६८ हजार ६३८ मतदातामध्ये प्रदेश (क) मा ३६ हजार ७८३ र प्रदेश ९ख० मा ३१ हजार ८५५ छन् ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend