logo

२०८१ असोज १२ शनिबार

logo
  • शनिबार, १२ असोज २०८१
  • मनाङ र मुस्ताङमा पनि हेलिकोप्टरमार्फत मतपत्र ढुवानी

    मनाङ र मुस्ताङमा पनि हेलिकोप्टरमार्फत मतपत्र ढुवानी

    2.2K
    Shares
    मनाङ र मुस्ताङमा पनि हेलिकोप्टरमार्फत मतपत्र ढुवानी

    मनाङ । मङ्सिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि हिमाली जिल्लाहरू मनाङ र मुस्ताङमा पनि मतपत्र पुगेका छन् । आज बिहान नेपाली सेनाको हेलिकोप्टरमार्फत ती जिल्लामा मतपत्र पुर्‍याइएको हो।

    प्रतिनिधिसभा प्रत्यक्षतर्फ नौ हजार र समानुपातिकतर्फ नौ हजार मतपत्र ल्याइएको मनाङका जिल्ला निर्वाचन अधिकृत पुष्पराज आचार्यले जानकारी दिए । आज साढे आठ बजे प्रत्यक्ष र समानुपातिक दुवै मतपत्र आइपुगेको छ । कडा सुरक्षा व्यवस्थाका साथ जिल्ला निर्वाचन कार्यालयमा सुरक्षित साथ मतपत्र राखिएको आचार्यले बताए ।

    प्रदेशसभा–१ को समानुपातिकतर्फ तीन हजार पाँच सय र प्रदेशसभा–२ का लागि पाँच हजार पाँच सय समानुपातिक मतपत्र आएको आचार्यले जानकारी दिए ।

    गत निर्वाचनमा कुल पाँच हजार आठ सय ८१ मध्ये चार हजार तीन सय ३८ मत खसेको थियो । प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन २०७९ मा मनाङमा तीन हजार दुई सय ८१ पुरुष र तीन हजार चार सय ९८ महिला गरी कुल छ हजार सात सय ७९ मतदाता छन् ।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend