मोरङ । मोरङ क्षेत्र नम्बर ३ मा संयुत्त लोकतान्त्रि बाम गठवन्धनका साझा उम्मेद्वार डाक्टर सुनिल शर्माले मंसिर पछि बन्ने गठवन्धन सरकारले आगामी २ वर्षभित्र सुकुम्वासी भुमिहिनहरुलाइ पहिलो चरणको धनिपुर्जा वितरण गरिसक्ने बताएका छन् ।
मोरङ क्षेत्रनम्बर ३ को थपरेमा आयोजित कोणसभालाइ संवोधन गर्दै शर्माले आफुहरुले आश्वासन दिने मात्र नभइ काम गर्ने बताए ।
सांसद भएर संसद भवनमा गएपछि जनताले गुनासो गर्न नपाउने गरी काम गर्ने बताए । उनले भने–यस अघिको निर्वाचन जित्न नसकेपनि आफुले सकेजति र सक्नेजति काम गरेको छु, सांसद भएर संसद भवनमा गएपछि जनताले गुनासो गर्न नपाउने गरि काम गर्छु ।
शर्माले मोरङ क्षेत्र नम्बर ३ सहित देशभर गठवन्धनको जित निश्चित भइसकेका कारण मंसिरमा नयाँ सरकार बने लगत्तै जनतामाझ गरेका बाचा पुरा गर्ने सरकार, संसद र गठवन्धन आवद्ध दलहरु एक भएर लाग्ने बताए ।