logo

२०८१ मंसिर १० सोमबार

logo
  • सोमबार, १० मंसिर २०८१
  • बार्सिलोनाका रक्षक जेरार्ड पिकेको संन्यास लिने घोषणा

    बार्सिलोनाका रक्षक जेरार्ड पिकेको संन्यास लिने घोषणा

    2K
    Shares
    बार्सिलोनाका रक्षक जेरार्ड पिकेको संन्यास लिने घोषणा

    काठमाडौं ।  स्पेनिस क्लब बार्सिलोनाका रक्षक जेरार्ड पिकेले फुटबलबाट सन्यास लिने घोषणा गरेका छन् । शनिबार घरेलु मैदान नोउ क्यापमा अन्तिम खेल खेल्दै फुटबलबाट बिदा लिने पिकेले निर्णय लिएका हुन् । ३५ वर्षीय पिकेले बार्सिलोना र म्यानचेस्टर युनाइटेडको लागि व्यवसायिक फुटबल खेलेका छन् ।

    पिकेले बिहीबार राति लगभग तीन मिनेटको भिडियो सार्वजनिक गर्दै फुटबल खेलबाट टाढा रहने निर्णय लिएका थिए । बार्सिलोनाले ला लिगामा शनिबार अल्मेरियासँग खेल्दैछ । ‘मैले सधै भनेको छु । बार्सिलोनानै अन्तिम हुनेछ,’ पिकेले भनेका छन् ।

    पिकेले सन् २००४ बाट बार्सिलोनामा खेल्न सुरुआत गरेका थिए । यसपछि म्यानचेस्टर पुगेका थिए । सन् २००७–ँ८ को प्रिमियर लिग र च्याम्पियन्स लिग उपाधि जितेपछि पिके सन् २००८ मा क्याटलान क्लब बार्सिलोना फर्किएका थिए ।

    यस क्रममा उनले ६ सय खेल खेल्दै ३० ट्रफि जितिसकेका छन् । जसमा ला लिगा, च्याम्पियन्स लिग र कोपा डेल रे समेत समावेश छ । पिकेले स्पेनबाट १०२ खेल खेलेका छन् । सन् २०१० को फिफा विश्वकप र सन् २०१२ को युरोपिन च्याम्पियन हुँदा पिके स्पेनको महत्वपूर्ण सदस्य थिए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend