कैलाली, १८ कार्तिक । नेपाल तरुण दलका अध्यक्ष विद्वान गुरुङले बाम लोकतान्त्रिक गठ्वन्धन उम्मेदवारलाई जिताउन तरुण नेताहरुलाई निर्देशन दिएका छन् ।
शुक्रवार धनगढीमा आयोजित तरुणहरुको बृहत् चुनावी भेलालाई सम्बोधन गर्दै गुरुङले यस्तो निर्देशन दिएका हुन्। अध्यक्ष गुरुङले यस अघि जनताले दिएको जनादेशलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले दुरुपयोग गरेको र जनतालाई झुक्याउने कामबाहेक केही नगरेको यसपटक जनताले बाम लोकतान्त्रिक गठ्वन्धनको पक्षमा मतदान गर्नुपर्ने बताए ।
उनले भने ‘तिनै ओली अहिले राजावादीहरुसंग मिलेर देशमा निरङ्कुस प्रवृत्ति लाद्न खोजेको र देशलाई अन्धकार तर्फ डोहोर्याउन खोजेको भन्दै तरुणहरु सजग हुनुपर्ने बेला आएको छ।’ त्यस्तै काङ्ग्रेसको बागी उम्मेद्वारहरुको क्रियाकलापप्रति तरुणहरुको अर्जुनदृष्टि राख्न र तिनिहरुको कार्यको भण्डाफोर गर्न समेत उनले निर्देशन दिए।
तरुण दल काङ्ग्रेसको भातृ संगठन मात्र नभएर सो संगठन युथ काङ्ग्रेस पनि रहेको उनको भनाई थियो । नेपाली काङ्ग्रेसले पनि थुप्रै युवा उम्मेद्वारहरु उठाएकाले घण्टी ,लौरोहरुले इतिहास कोर्न हिजोको दिनमा के बलिदान ,त्याग र समर्पण गरे भनी प्रश्न गर्दै हिजो राणा ,राजा को तानाशाहि प्रवृत्तिको लडाइ लडेका काङ्ग्रेसका युवा उम्मेदवार हरुलाइ जिताउनु पर्ने आजको आवस्यकता हो भनी अध्यक्ष गुरुङले भने ।
लोकतन्त्रको परिभाषा लाई खिल्ली उडाउदै हिजोका अभियन्ता भन्नेहरु आज राजावादी पार्टिको पदमा बसेर जनतालाई भ्रमको खेती गर्दै हिडेकाहरुलाई यसपालिको चुनावमा देशैभरीबाट नेपाल तरुण दलले सवक सिकाउने बताए।
कार्यक्रममा गठवन्धनको कैलालि क्षेत्र न।५ को प्रतिनिधिसभा उम्मेदवार डिल्लीराज पन्त एबम प्रदेश सभा ख को उम्मेदवार प्रकाश देउवाले आफ्नो भनाइ राखेका थिए । कार्यक्रममा अध्यक्ष गुरुङलाई तरुण दल कैलाली जिल्लाअध्यक्ष दिपेन्द्र बमले मायाको चिनो प्रदान गरेका थिए । नेपाल तरुण दल कैलाली जिल्ला अध्यक्ष दिपेन्द्र बमको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको थियो ।