logo

२०८१ मंसिर ८ शनिबार

logo
  • शनिबार, ८ मंसिर २०८१
  • घमाइलो काँठ क्षेत्र (फोटोफिचर)

    घमाइलो काँठ क्षेत्र (फोटोफिचर)

    3.1K
    Shares
    घमाइलो काँठ क्षेत्र (फोटोफिचर)

    काठमाडौं । यस वर्षको दशैँ झरीमै सकियो । त्यसपछिका केही दिन पनि मौसम पूर्ण रूपले खुल्न सकेन । मनसुन सकिएसँगै झरी र बादलले छोडेपछि भने मौसममा सुधार आएको छ । आकाश नीला देखिएका छन् । टाढाका हिमाल आँखै अगाडि आएका छन् । काठमाडौं उपत्यकाबाटै दुई सय किलोमिटर पर भएको विश्वकै सर्वोच्च शिखर सगरमाथा देखिन थालेको छ ।

    अन्य हिमश्रृंखलाको दृश्य पनि कम्ति मनमोहक छैनन् । शरद ऋतुको आगमनसँगै काठमाडौं उपत्यकाबाट देखिने विभिन्न हिमश्रृंखलाले उपत्यकामा बस्ने सर्वसाधारणदेखि विदेशी पर्यटकलाईसमेत लोभ्याएको छ । प्रदुषणका कारण हत्तपत्त उपत्यकावासीले पनि खुलेका आकाश र हिमाल देख्न पाउँदैनन् । उपत्यकामा प्रदुषणले नढाकेसम्म देखिने हिमालका दृश्य प्रदुषण बढेसँगै बिस्तारै विलिन हुँदै जान्छन् ।

    केही दिन यता काठमाडौंको आकाश धुम्म हुँदै गइरहेको पनि छ । भारतमा पराल पोलेको प्रदुषण काठमाडौंको आकाशमा अड्किँदा त्यति खुल्न सकेको छैन । तरपनि धुवाँकै बीचमा काठमाडौंको काँठ क्षेत्र आफ्नै पनमा रमाइरहेको देख्न सकिन्छ । काँठ क्षेत्र हिमालको काखमा लुकेको जस्तो देखिन्छ भने खेतमा पाकेको धानले झनै सुन्दरता थपेको छ काँठ क्षेत्रलाई । उदाउँदो सूर्यले झनै काँठ क्षेत्रको सुन्दरतालाई बढाएको छ, हरियो बोटबिरुवाको आफ्नै सुन्दरता थपिएको छ । उदाउँदो घामसँगै किसानहरु खेतबारीमा काम गर्न मस्त देखिन्छन्, चराचुरुङ्गीको सुरिलो आवाजले त झनै मन शान्त बनाउँछ ।

     

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend