logo

२०८१ मंसिर ७ शुक्रबार

logo
  • शुक्रबार, ७ मंसिर २०८१
  • लौरो अभियान चलाएको आरोपमा बालेन र विद्यार्थीसँग भोट मागेपछि वलीसँग स्पष्टीकरण माग

    लौरो अभियान चलाएको आरोपमा बालेन र विद्यार्थीसँग भोट मागेपछि वलीसँग स्पष्टीकरण माग

    2.3K
    Shares
    लौरो अभियान चलाएको आरोपमा बालेन र विद्यार्थीसँग भोट मागेपछि वलीसँग स्पष्टीकरण माग

    काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साह बालेन र दाङ क्षेत्र नम्बर ३ मा नेकपा एमालेका तर्फबाट प्रतिनिधि सभा सदस्य उम्मेदवार कोमल वलीलाई निर्वाचन आयोगले स्पष्टीकरण सोधेको छ ।

    हाम्रो नेपाली पार्टीका उम्मेदवारले ‘जय लौरा’ नामक फेसबुक पेजबाट लौरो अभियान सञ्चालन गरेको र सो अभियानमा मेयर बालेन शाहको समेत समर्थन रहेको भन्ने जानकारी पाएपछि आयोगले मेयर बालेनलाई स्पष्टीकरण सोधेको हो ।

    उता वलीलाई भने विद्यार्थी जम्मा गरेर भोट मागेको विषयलाई लिएर स्पष्टीकरण सोधेको आयोगका सहायक प्रवक्तासमेत रहेका उपन्यायाधिवक्ता गुरुराज वाग्लेले जानकारी दिए । उनका अनुसार उम्मेदवार वलीले शुक्रवार दाङको बबई गाउँपालिका १ स्थित सरस्वती जनता माध्यमिक विद्यालयको प्राङ्गणमा विद्यार्थी जम्मा गरेर भोट मागेकी थिइन् ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend