logo

२०८१ असोज २३ बुधबार

logo
  • बुधबार, २३ असोज २०८१
  • बागमती प्रदेशमा डेंगु संक्रमितको संख्या ३३ हजार नाध्यो

    बागमती प्रदेशमा डेंगु संक्रमितको संख्या ३३ हजार नाध्यो

    2K
    Shares
    बागमती प्रदेशमा डेंगु संक्रमितको संख्या ३३ हजार नाध्यो

    बागमती प्रदेशमा डेङ्गुबाट हालसम्ममा २१ जनाको मृत्यु

    काठमाडौँ । बागमती प्रदेशमा लामखुट्टेको टोकाइबाट हुने डेङ्गु सङ्क्रमणबाट हुने बिरामीको संख्या ३३ हजारभन्दा बढी पुगेको छ । यो संख्या दिन प्रतिदिन बढ्दै गएको देखिन्छ । बागमती प्रदेशमा गत साउन महिनादेखि कात्तिक १८ गतेसम्ममा ३३ हजार सात सय ६५ जनामा डेङ्गु सङ्क्रमण पुष्टि भइसकेको बागमती प्रदेशको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

    डेङ्गुबाट प्रभावित भएको यस प्रदेशका जिल्लामा सबैभन्दा बढी काठमाडौँमा रहेको छ भने सबैभन्दा कम रसुवामा रहेको निर्देशनालयबाट प्राप्त तथ्याङ्कमा उल्लेख गरिएको छ । काठमाडौँमा १३ हजार दुई सय जनामा डेङ्गु सङ्क्रमण भएको छ भने रसुवामा आठ जनामा मात्र संक्रमण पुष्टि भएको छ ।

    यसैगरी ललितपुरमा नौ हजार दुई सय, मकवानपुरमा चार हजार छ सय ६९, भक्तपुरमा तीन हजार ६०, चितवनमा एक हजार आठ सय ५०, धादिङमा आठ सय ६० काभ्रेपलाञ्चोकमा चार सय ८०, रामेछापमा एक सय ६८, सिन्धुपाल्चोकमा एक सय ६५ जना संक्रमित भएका छन् ।

    यस्तै नुवाकोटमा एक सय ६८, सिन्धुलीमा एक सय ३३ तथा दोलखामा ८२ जनामा डेङ्गु सङ्क्रमण पुष्टि भएको बताइएको छ ।  यस प्रदेशमा डेङ्गुबाट हालसम्ममा २१ जनाको मृत्यु भएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend