logo

२०८१ असोज ४ शुक्रबार

logo
  • शुक्रबार, ४ असोज २०८१
  • निर्माण सकिएकाे आठ महिनासम्म पनि धारामा पानी आएन

    निर्माण सकिएकाे आठ महिनासम्म पनि धारामा पानी आएन

    2.2K
    Shares
    निर्माण सकिएकाे आठ महिनासम्म पनि धारामा पानी आएन

    बझाङ । खप्तडछान्ना गाउँपालिका-५ मतुवाकी शर्मिला उपाध्यायलाई जहिल्यै पानीको चिन्ता हुन्छ । नजिकै कुवाको पानी वा टाढाको धाराबाट पानी बोकेर दैनिकी चलाउनु उनको नियति जस्तै हो ।

    उपाध्यायलाई गत चैतमा भने लामो समयदेखिको पानीको समस्या समाधान हुन्छ कि भन्नेमा आशा पलायो । टोलमै नयाँ खानेपानीको धारा बनेपछि पानीका लागि दुःख गर्नु नपर्ने भन्दै टोलवासीमै खुशियाली छायो । धारा त जडान भयो तर अहिलेसम्म पानी आएको छैन ।

    ‘धारामा पानी आउँछ भनेर कुर्न थालेको आठ महिना भइसक्यो’, उनले भनिन्, ‘यहाँ न पानी आयो, न प्लम्बर टोली नै आए । हामी फेरि कुवाकै भर पर्नु परेको छ ।’

    शर्मिलाको समस्या गाउँवासीकै समस्या हो । ‘पानी नआउँदै धारा पुराना हुने भए’, सोही ठाउँकी सविता उपाध्यायले भनिन्, ‘भोलि/पर्सी नै आउँछ भनेको पानी आठ/नौ महिना बित्दा पनि आउने सुरसारै छैन ।’ उनका अनुसार धारा निर्माण गर्ने उपभोक्ता समितिले धारामा पानी छिट्टै आउने आश्वासन मात्रै दिइरहेको छ ।

    उपाध्यायका अनुसार अहिले गाउँमा भएको पुरानो धाराबाट पनि निकै कम पानी आउँछ । ‘खाना पकाउनका लागि एक गाग्री पानी भर्न एक घण्टा नै कुर्नुपर्छ । कहिलेकाहीँ त दिउँसो पानी भर्न घुइँचो लाग्ने हुँदा राति भर्नुपर्छु’, उनले दुखेसो पोखिन् ।

    गाउँमा दिनहुँ खानेपानीको समस्या हुनुमा उपभोक्ताको लापरबाही कारक भएको खप्तडछान्ना गाउँपालिका–५ का वडाध्यक्ष रामबहादुर सिंहको भनाइ छ । ‘बाहिरको ठेकेदार भए त टाढा हुन्थ्यो । गाउँमै बस्ने उपभोक्ता समितिका पदाधिकारीले गाउँकै समस्यालाई बेवास्ता गर्नु भनेको ठूलो लापरवाही हो’, उनले भने । खानेपानी उपभोक्ता समितिका अध्यक्ष विक्रम सिंहले  पानीको ट्याङ्की, पाइप बिछ्याउने काम सकिएको र छिट्टै धारामा पानी आउने जानकारी दिए।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend