logo

२०८१ जेष्ठ ८ मंगलबार

logo
  • मंगलबार, ८ जेष्ठ २०८१
  • एकैदिन १४ सय रुपैयाँले बढ्यो सुनको मूल्य

    एकैदिन १४ सय रुपैयाँले बढ्यो सुनको मूल्य

    3.6K
    Shares

    काठमाडौं । आइतबार नेपाली बजारमा सुन–चाँदीको मूल्यमा वृद्धि भएको छ । आज सुनको मूल्य अघिल्लो दिनको तुलनामा १४ सय रुपैयाँ बढेको हो। अघिल्लो कारोबार दिन अर्थात् शुक्रबार सुनको मूल्य तोलामा एक सय रुपैयाँ घटेको थियो ।

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ९४ हजार पाँच रुपैयाँ र तेजाबी सुन प्रतितोला ९४ हजार रुपैयाँमा कारोबार भइरहेको छ।
    अघिल्लो कारोबार दिन छापावाल सुन प्रतितोला ९३ हजार एक सय रुपैयाँ र तेजाबी सुन प्रतितोला ९२ हजार छ सय रुपैयाँमा कारोबार भएको थियो ।

    त्यसैगरी, आइतबार चाँदीको मूल्य पनि बढेको छ। आज चाँदी प्रतितोला १२ सय ७५ रुपैयाँमा कारोबार भइरहेको छ। अघिल्लो कारोबार दिन चाँदी प्रतितोला १२ सय २५ रुपैयाँमा कारोबार भएको थियो। उक्त दिनको तुलनामा आज चाँदी प्रतितोला ५० रुपैयाँले वृद्धि भएको हो । आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस १६ सय ८२ अमेरिकी डलरमा कारोबार भइरहेको छ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend