बिहिबार, बैशाख ४ २०८२

बिहिबार, बैशाख ४ २०८२

बाबुआमा बने रणवीर कपुर र आलिया भट्ट

बाबुआमा बने रणवीर कपुर र आलिया भट्ट

काठमाडौं । बलिवुड अभिनेत्री आलिया भट्ट र अभिनेता रणवीर कपुर बाबुआमा बनेका छन् । आज आलियाले छोरीलाई जन्म दिएकी छन् । एचएन रिलायन्स फाउन्डेसन अस्पतालमा आलियाले छोरीलाई जन्म दिएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

गत वैशाखमा विवाह बन्धनमा बाँधिएका आलिया र रणवीरले पहिलो सन्तानलाई स्वागत गरेपछि चौतर्फी बधाई मिलिरहेको छ । आलिया आज आइतबार बिहानै डेलिभरीका लागि अस्पताल भर्ना भएकी थिइन् । आलियाका बुवा निर्देशक महेश भट्टले आफू हजुरबुबा बनेपछि नयाँ सूर्योदय भएको टिप्पणी गरेका छन् ।

विवाहको केही महिनामै आलिया र रणवीरले आफूहरुले सन्तानलाई स्वागत गर्न लागिरहेको घोषणा गरेका थिए ।

 

सम्बन्धित विषय:
ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend