logo

२०८१ मंसिर ७ शुक्रबार

logo
  • शुक्रबार, ७ मंसिर २०८१
  • एक वर्षमा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलले कमायो १४ करोड

    एक वर्षमा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलले कमायो १४ करोड

    2.9K
    Shares

    काठमाडौं । गत २ जेठदेखि व्यावसायिक सञ्चालनमा आएको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलले आर्थिक वर्ष २०७८,७९ मा १४ करोड रुपैयाँ आम्दानी गरेको छ ।
    विमानस्थल कार्यालयको तथ्यांक अनुसार गत आर्थिक वर्षमा आन्तरिक उडान सेवाबाट १२ करोड ८५ लाख ८७ हजार रुपैयाँ र अन्तर्राष्ट्रिय उडान सेवाबाट १ करोड ५ लाख ५० हजार रुपैयाँ गरी कुल १३ करोड ९१ लाख ३७ हजार रुपैयाँ आम्दानी भएको छ । यस अवधिमा खर्च भने ८ करोड २८ लाख रुपैयाँ बराबरको भएको छ ।

    विमानस्थलले १ करोड २४ लाख ९८ हजार रुपैयाँ पूँजीगत र ७ करोड ३ लाख रुपैयाँ चालु खर्च गरेको तथ्यांक छ । २ जेठमा अन्तर्राष्ट्रिय उडान सुरु भएको यो विमानस्थलमा आन्तरिक उडान भने १७ फागुनदेखि नयाँ धावनमार्गबाट सुचारु भएको हो ।

    त्यसअगाडि पुरानो धावनमार्गबाट आन्तरिक उडान भइरहेको थियो । कार्यालयका अनुसार अहिले दैनिक १८ देखि २५ वटा उडान यस विमानस्थलबाट भइरहेको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend