सोमबार, बैशाख २ २०८२

सोमबार, बैशाख २ २०८२

धरान उपमहानगरपालिकामा भोलि सार्वजनिक बिदा

धरान उपमहानगरपालिकामा भोलि सार्वजनिक बिदा

धरान । धरान उपमहानगरपालिकाले भोलि सार्वजनिक बिदा दिने भएको छ । उपमहानगरपालिकाले कात्तिके पूर्णिमा (बराह क्षेत्र मेला) को अवसरमा भोलि बिदा दिने निर्णय गरेको हो ।

प्रशासकीय अधिकृत गणेशप्रसाद खतिवडाका अनुसार भोलि एक दिन उपमहानगरपालिकाभर बिदा दिइएको छ । आफ्नो क्षेत्रभित्रका विद्यालय, क्याम्पस, वडा कार्यालय, अत्यावश्यकबाहेक स्वास्थ्य सेवालगायतका कार्यालयमा बिदा दिइएको उपमहानगरपालिकाको विज्ञप्तिमा उल्लेख छ ।

विज्ञप्तिमा भनिएको छ, ‘नगर कार्यापालिकाको कार्यालय मातहतका वडा कार्यालय, स्वास्थ्य कार्यालय (अत्यावश्यक सेवा बाहेक) र विद्यालयमा एक दिन सार्वजनिक बिदा दिइएको छ ।’

सम्बन्धित विषय:
ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend