महेन्द्रनगर । नेपाली कांग्रेसका प्रवक्ता तथा निर्वाचन प्रचारप्रसार समितिका संयोजक डा प्रकाशशरण महतले मुलुकको विकास र समृद्धिका लागि कांग्रेस नेतृत्वको गठबन्धन विजयी हुनुपर्ने बताएका छन् । प्रवक्ता महतले भने ‘‘संविधान र प्राप्त लोकतान्त्रिक उपलब्धिको रक्षा गर्दै मुलुकलाई समृद्धिको बाटोमा अगाडि बढाउनको लागि कांग्रेसको नेतृत्वमा वर्तमान गठबन्धन बनेको स्पष्ट गर्दै यसमा आबद्ध सबै उम्मेदवारलाई विजयी गराउन आग्रह गरे ।
नेपाल प्रेस युनियन धनुषाले जनकपुरधाममा आज आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै नेता महतले नेकपाले आफ्नै पार्टीलाई पनि जोडेर राख्न नसकेकाले देशलाई नै जोडेर राख्न सक्ने कांग्रेसको नेतृत्व जनताले चाहेको बताए । उनले कांग्रेस नेतृत्वको गठबन्धनले संविधानद्वारा प्राप्त सबै उपलब्धिको रक्षा गर्ने र आवश्यक संशोधन र परिमार्जन गर्दै यसै संविधानमार्फत अघि बढ्ने बताए ।