logo

२०८१ असोज १३ आइतबार

logo
  • आइतबार, १३ असोज २०८१
  • शेयर बजार परिसूचक नेप्से ६ अङ्कले घट्यो

    शेयर बजार परिसूचक नेप्से ६ अङ्कले घट्यो

    2.3K
    Shares
    शेयर बजार परिसूचक नेप्से ६ अङ्कले घट्यो

    काठमाडौं । शेयर बजार परिसूचक नेप्से आज सोमवार ६ दशमलव ४३ अङ्कले घटेर एक हजार नौ सय ५८ दशमलव ९४ विन्दुमा झरेको छ । हिजो आइतवार ४३ अङ्कभन्दा धेरैले बढेको नेप्से आज भने घटेको हो ।

    आज निर्जीवन बीमा, उत्पादन, विकास बैंक र माइक्रोफाइनान्स समूहको शेयर उच्च अङ्कले घटेको छ । आज कारोबार रकम भने बढेको छ । दुई सय २४ वटा कम्पनीको ४९ लाख ४४ हजार कित्ता शेयर दुई अर्ब १० करोड रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै जाल्पा लघुवित्तको १५ करोड १६ लाख रुपैयाँको शेयर किनबेच भयो ।

    आज ग्लोबल आईएमई लघुवित्त वित्तीय संस्था र सपोर्ट माइक्रोफाइनान्सको शेयर पाँच प्रतिशतभन्दा धेरैले घटेको छ । समग्रमा बजार घटे पनि धौलागिरि लघुवित्त वित्तीय संस्थाको शेयर आठ प्रतिशतभन्दा धेरैले बढेको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend