काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले नेकपा एमालेलाई भोट माग्ने नैतिक अधिकार नभएको बताएका छन् । बाग्लुङमा चुनावी सभामा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
केसी बागलुङ १ बाट सत्ता गठबन्धनको तर्फबाट प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवार छन् । उनले नेकपा एमालेले बारम्बार संसद भत्काएको र उसलाई भोट माग्ने अधिकार नभएको बताएका हुन् ।