कालिकोट । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहल प्रचण्डले ४ मंसिरको प्रतिनिधिसभा चुनावमा महेन्द्रबहादुर शाही निर्वाचित भए उनलाई मन्त्री बनाउने आश्वासन दिएका छन् । मंगलबार कालीकोटको सदरमुकाम मान्मामा सत्तारुढ गठबन्धनले आयोजना गरेको चुनावी कार्यक्रममा उनले यस्तो बताएका हुन् ।
कार्यक्रममा उनले भने, ‘महेन्द्र कमरेडले मुख्यमन्त्री हुँदा राम्रो काम गर्नुभएको छ । यो पटक उहाँलाई जिताएर पठाउनुस्, क्याविनेटको मन्त्री बनाएर पठाउँछु ।’
अध्यक्ष प्रचण्डले यो गठबन्धन विगतकै शान्ति सम्झौताको निरन्तरता रहेको भन्दै बिना हिचकिचाहट गठबन्धनका उम्मेदवारलाई भोट दिन आग्रह समेत गरे ।