logo

२०८१ माघ ३ बिहिबार

logo
  • बिहिबार, ३ माघ २०८१
  • ठूला नेताहरुले निर्वाचन जित्न पहिले नै ‘म्याच फिक्सिङ’गरेः वरिष्ठ अधिवक्ता त्रिपाठी

    ठूला नेताहरुले निर्वाचन जित्न पहिले नै ‘म्याच फिक्सिङ’गरेः वरिष्ठ अधिवक्ता त्रिपाठी

    3.2K
    Shares
    ठूला नेताहरुले निर्वाचन जित्न पहिले नै ‘म्याच फिक्सिङ’गरेः वरिष्ठ अधिवक्ता त्रिपाठी

     

    काठमाडौं । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले ठूला नेताहरुले निर्वाचन जित्न पहिले नै ‘म्याच फिक्सिङ’ गरेको बताएका छन् । निर्वाचन पर्यवेक्षण समिति नेपालले मंगलवार काठमाडौंमा आयोजना गरेको ‘समसामयिक राजनीतिक परिप्रेक्षमा हाम्रो निर्वाचन पद्धति र शासकीय प्रवन्ध’ विषयक अन्तरक्रियामा बोल्दै वरिष्ठ अधिवक्ता त्रिपाठीले ठूला नेताहरुले निर्वाचन जित्न पहिले नै म्याच फिक्सिङ गरेको बताएका हुन् ।

    उनले मतदाताले आफ्नो चाहनामा मतदान गर्ने अवस्था नरहेको बताए । गठबन्धन र तालमेलको नाममा मतदाताको रोजाईको उम्मेदवारलाई मतदान गर्न नसकिएको उनको भनाई छ । उनले ठूला नेताहरु कसलाई कहाँबाट जिताउने भन्ने पहिले नै पक्का भइसकेकाले नो नट अगेन जति भनेपनि प्रभावकारी नहुने बताए । त्रिपाठीले निर्वाचनपछि पनि देश अस्थिरतामा जाने निश्चित भएको बताए ।

    उनले भने – ‘निर्वाचन भनेकै के हो भने मतदातालाई फुल च्वाइस दिनुप¥यो । तर के भइदियो भने यो गठबन्धन भन्यो । अर्को तालमेल भन्यो । मतदाताले आफूले चाहेको उम्मेदवारलाई भोट हाल्ने अवस्था छैन । चाहेको पार्टीलाई भोट हाल्ने अवस्था छैन । त्यो सूची नै छैन कतिपय निर्वाचन क्षेत्रमा । आफूले चाहेकोमा गर्न सक्दैन । म्याच फिक्सिङ पहिल्यै भइसकेको छ, कसलाई जिताउने, कहाँबाट जित्ने । ठूला नेताहरु सबै सुरक्षित छन् । उनीहरुलाई जनताले जतिसुकै नो नट अगेन भनेपनि यथार्थमा त्यो होला जस्तो छैन । किनभने म्याच पहिल्यै फिक्स भइसकेको छ । को जित्ने, को हार्ने । सबै डिजाइन गरिएको छ । यसले निर्वाचनपछि पनि कुनै स्थिरतमा जाँदैन । यसले गम्भिर अस्थिरताको दौड शुरु गर्नेछ । किनभने अहिले सबै प्रधानमन्त्रीको उम्मेदवार छन् । सबै कुरा अनिश्चित छ । यो लोकतान्त्रिक प्रणालीको मजाक हो ।’

    वरिष्ठ अधिवक्ता त्रिपाठीले समानुपातिक निर्वाचन प्रणालीलाई नेता व्यवस्थापनका लागि मात्रै प्रयोग गरिएको बताए । उनले निर्वाचन नजित्नेलाई थन्काउनका लागि मात्रै समानुपातिक निर्वाचन प्रयोग भएको टिप्पणी गरे । त्यस्तै समानुपातिकको टिकट बिक्री हुने भएकाले लक्षित समुदायले पाउन नसकेको उनले बताए । उनले भने– ‘समानुपातिकलाई दामानुपातिक भनेर मान्छेहरुले भन्छन् । पूरै दाम चढाउने प्रणालीमा हामीले रुपान्तरित गरिसक्यौँ । पटकपटक एउटै मान्छे दोहोरिएको छ । नेता व्यवस्थापनका लागि प्रयोग गरियो । जो कहीँ चुनाव जिताउन सकिँदैन, त्यसलाई कहाँ लगेर व्यवस्थापन गर्ने त्यो डम्पिङसाइट हामीले बनायौँ । नेतालाई व्यवस्थापन पनि गर्नुप¥यो । दाम पनि कमाउनुप¥यो त्यसका लागि प्रयोग गरियो । समानुपातिक प्रणाली आफैँमा खराब होइन । तर यसका विज्ञहरुले के भन्छन् भने जुन देशमा राजनीतिक दलहरुमा आन्तरिक लोकतन्त्र छैन, त्यो देशमा यो समानुपातिक प्रणाली काम गर्दैन । किनभने कसलाई दिने, नदिने नेताको खल्तीमा हुन्छ । जसले पैसा दिन्छ, त्यसलाई दिन्छ । या आफ्नो नातेदारलाई दिन्छ । प्रतिनिधित्वविहिनहरुका लागि, आवाजविहीनहरुका लागि त्यहाँ कुनै स्थान हुँदैन । त्यसको मर्म र मान्यता नै समाप्त भएको स्थिति छ ।’

    उनले निर्वाचन आयोगको विश्वसनीयतामा गम्भिर प्रश्न उठेको बताए । निर्वाचन आयोगको पञ्चायती मानसिकता रहेको र पञ्चायतकालमा अञ्चलाधीशले गर्नेजस्तो काम आयोगबाट भइरहेको उनले टिप्पणी गरे । संविधान मिचेर अध्यादेशबाट नियुक्त भएका आयुक्तहरु भएकाले उनीहरुलाई संविधान, कानून र लोकतन्त्रको मतलव नभएको उनले बताए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2025 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend