logo

२०८१ असोज ८ मंगलबार

logo
  • मंगलबार, ८ असोज २०८१
  • आईएमएफले बङ्गलादेशलाई चार अर्ब ५० करोड अमेरिकी डलर सहयोग गर्ने

    आईएमएफले बङ्गलादेशलाई चार अर्ब ५० करोड अमेरिकी डलर सहयोग गर्ने

    4.1K
    Shares
    आईएमएफले बङ्गलादेशलाई चार अर्ब ५० करोड अमेरिकी डलर सहयोग गर्ने

    एजेन्सी । अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले बङ्गलादेशलाई ऊर्जा र खाद्यान्नको बढ्दो मूल्यसँग जुध्न चार अर्ब ५० करोड अमेरिकी डलरको सहायता प्याकेज उपलब्ध गराउने प्रारम्भिक सम्झौता गरेको जनाएको छ । रूसले युक्रेनमाथि गरेको आक्रमणपछि मूल्यमा भएको तीव्र वृद्धिका कारण अन्य एसियाली अर्थतन्त्रसँग मिल्दोजुल्दो बङ्गलादेश पनि प्रभावित भएको छ ।

    अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) को एक प्रतिनिधिमण्डल र ढाकाका प्रतिनिधिबीच बङ्गलादेशको आर्थिक नीतिलाई सहयोग गर्न कर्मचारीस्तरीय सम्झौता भएको र विभिन्न सुविधाअन्तर्गत कूल ४.५ अर्ब अमेरिकी डलर बराबरको सम्झौता भएको अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

    बङ्गलादेशले अन्तर्राष्ट्रिय मुद्रा कोषको ऋणलाई आफ्नो विदेशी विनिमय सञ्चिति बढाउन प्रयोग गर्ने योजना बनाएको छ, जुन ४६ अर्ब डलरबाट ३४ अर्ब डलरमा झरेको छ । हालैका महिनाहरूमा बङ्गलादेशी मुद्रा (टाका) को मूल्य २५ प्रतिशतले घटेको छ, जबकि आधिकारिक तथ्याङ्कअनुसार मुद्रास्फीति १० प्रतिशतको नजिक पुगेको छ । स्वतन्त्र अर्थशास्त्रीहरूले वास्तविक आँकडा २० प्रतिशतको नजिक रहेको बताएका छन् ।

    आर्थिक सङ्कटका कारण घरायसी बजेटमा ठूलो असर परेको छ र सरकारले जनताको असन्तोषलाई दबाउन चामललगायत धेरै मुख्य खाद्य पदार्थको मूल्य निर्धारण गर्ने प्रतिबद्धता जनाएको छ ।

    आईएमएफका टिम लिडर राहुल आनन्दले भने, ‘युक्रेनमा रूसको युद्धका कारण महामारीबाट बङ्गलादेशको बलियो आर्थिक पुनरूत्थान अवरुद्ध भएको छ । जसले गर्दा चालू खाता घाटा तीव्र रूपमा बढेको छ, विदेशी मुद्रा सञ्चितिमा तीव्र गिरावट आएको छ, बढ्दो मुद्रास्फीति र सुस्त आर्थिक वृद्धि भएको छ ।’

    ‘बङ्गलादेशले यी तात्कालिक चुनौतीहरूको सामना गरिरहेको भए तापनि जलवायु परिवर्तनबाट समष्टिगत आर्थिक स्थिरताका लागि खतराहरूसहित लामो समयदेखिको संरचनात्मक मुद्दाहरूलाई सम्बोधन गर्नु महत्वपूर्ण छ,’ उनले भने ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend