logo

२०८१ असोज ५ शनिबार

logo
  • शनिबार, ५ असोज २०८१
  • नेपालका नेताहरु धेरै बेइमान भएः नेता भण्डारी

    नेपालका नेताहरु धेरै बेइमान भएः नेता भण्डारी

    1.9K
    Shares
    नेपालका नेताहरु धेरै बेइमान भएः नेता भण्डारी

     

    काठमाडौं । नेपाली काँग्रेसका नेता चन्द्र भण्डारीले देशमा भइरहेको भ्रष्टाचारलाई आगामी निर्वाचनबाट निमिट्यान्न बनाउने शक्ति निर्वाचित गर्न आवश्यक रहेको बताएका छन् । बिहीवार गुल्मी निर्वाचन क्षेत्र नम्बर १ ले काठमाडौंमा आयोजना गरेको उम्मेदवार परिचय तथा अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै नेता भण्डारीले यस्तो बताएका हुन् ।

    उनले नेपालको सबैभन्दा ठूलो रोग भ्रष्टाचार भएकाले आसन्न निर्वाचनबाट भ्रष्टाचारलाई निमिट्यान्न बनाउने शक्तिलाई विजयी गराउन आवश्यक रहेको बताए । नेता भण्डारीले नेताहरुले लुटेको सम्पतीलाई फिर्ता गर्नुपर्ने दिन आइसकेको बताए । उनले राजनीतिक दलहरुले नेपालमा रोजगारीको अवसरको खोजी नगरी युवाहरुलाई विदेश पठाउने गरेको भन्दै यस्ता तत्वहरुलाई निर्वाचनबाट जनताले पराजित गर्न आवश्यक भएको बताए । नेता भण्डारीले नेपालले अहिले ७ खर्ब विदेशी ऋणको ब्याज तिरिरहेको र २२ खर्ब व्यापार घाटा रहेकाले देशको अर्थतन्त्रलाई सुधार गरी बलियो बनाउने शक्तिलाई जनताले निर्वाचनबाट चुन्नुपर्ने आवश्यक्ता भएको बताए । उनले नेपाली राजनीतिमा बेइमान नेताहरु भएको बताए । बेइमान नेताहरुका कारण देश र देशको सौन्दर्यलाई चिन्न नसकेको बताए । उनले खरको छाना हालेर बस्नेहरुलाई गरिब भनेर बिस्थापित गर्ने र अहिले शहरमा खरकै छाना बनाएर करोडौं कमाइरहेको बताए ।

    उनले भने, ‘हामीलाई थाहा छ, नेपालको रोग के हो, नेपालको सबैभन्दा ठूलो रोग भ्रष्टाचार हो । अब जो सुकै होस्, जुन पार्टीको होस्, जतिसुकै ठूलो होस्, हामीले अब मंसिर ४ गते यी तत्वलाई पराजित गर्नुपर्छ, यो लुटेको सम्पती नेपाल आमालाई फिर्ता गर्नुपर्छ । युवाहरुलाई विदेश पठाएर नेपालमा अवसरको खोजी नगर्ने दोस्रो रोग हो । नेपाललाई रित्तै गर्ने, जोश छैन, जाँगर छैन । यसको निधान हामीले गर्नुपर्छ । आज हामी ७ खर्ब विदेशी ऋणको ब्याज तिर्दै छौँ । २२ खर्ब व्यापार घाटा छ । १२ खर्ब राजश्व उठ्छ जम्मा । कहाँबाट विकास गर्ने नेपालले । हाम्रा घरका बस्तीलाई हामीले गरिब बस्ती भनेर हेप्यौँ, तर अहिले शहरमा खरको छानोले छाएको टहरा बनाएर करोडौंको व्यापार गरिरहेका छन् । न हामीले देश चिन्यौँ, न त हाम्रो सौन्दर्य नै । हामी नेपाली भुमिका बेइमान सन्तान र नेताहरु हौँ । अब यसको अन्त्य हामीले गर्नुपर्छ र मंसिर ४ गते बिदाइ गर्नुपर्छ ।’

    नेता भण्डारीले मुलुकलाई दुरावथामा पु¥याउने नेताहरुलाई आसन्न निर्वाचनबाट बिदाई गर्नुपर्ने बताए । उनले आसन्न निर्वाचन आफूले जिते गुल्मी जिल्लालाई नमूना जिल्ला बनाउने प्रतिवद्धता व्यक्त गरे ।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend