काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गोरखामा विकास निर्माणको काम गरेर सिंगो देशलाई नै देखाउने अभियानमा आफू रहेको बताएका छन् । गोरखाको जौबारीमा शुक्रबार बिहान आयोजित चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले यस्ताे बताएका हुन् । गोरखामा सरदरभन्दा बढी मतान्तरले जित्नपर्ने बताए ।
‘गोरखाबाट सामान्य मतले जितेर पुग्दैन, एभरेजभन्दा बढी मतले जितेर यहाँबाट सिंगो देशलाई नै सन्देश दिनेपर्ने छ’ गोरखाको सिरानचोक–८ जौबारीमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले भने ।
उनले कांग्रेस र माओवादी आमने सामने भएकै कारण मिलेको पनि बताए। ‘नेपाली कांग्रेस र माओवादी हिजो युद्धको बेलामा आमने सामने शक्ति, हिजो चुनावमा पनि तछाडमछाड गरेको शक्ति, मिलेको चाहीँ कतिपयलाई नमिलेको जस्तो भएको छ,’ प्रचण्डले भने, ‘झगडा गरेको चाहीँ मिलेको जस्तो लाग्ने भएको पनि थियो। तर, आपसमा लडेकाहरु मात्रै मिलेको राम्रो हुन्छ। लडेकाहरु मिलेपछि मात्रै शान्ति हुने हो।’