logo

२०८१ जेष्ठ ८ मंगलबार

logo
  • मंगलबार, ८ जेष्ठ २०८१
  • स्याङजामा बाघको आक्रमणबाट ३ जना घाईते

    स्याङजामा बाघको आक्रमणबाट ३ जना घाईते

    3.3K
    Shares

    स्याङजा । स्याङ्जाको वालिङ नगरपालिका १४ काफ्लेडीमा बाघको आक्रमणबाट ३ जना घाईते भएका छन् । बाघको आक्रमणबाट स्थानीय किसनलाल न्यौपाने,लक्ष्मी पराजुली र तुलसा पराजुली घाईते भएका हुन् । उनीहरुको वालिङ हस्पिटलमा प्राथमिक उपचारपछि थप उपचारका लागि पोखरा पठाईएको छ ।

    घाईतेमध्ये तुल्सा पराजुलीको अवस्था गम्भीर रहेको स्थानीयहरुले बताएका छन् । बाघ अहिले स्थानीय चण्डीप्रसाद पराजुलीको घरभित्र थुनिएको स्थानीय हिमाल डुम्रेले जानकारी दिए ।

    घरभित्र थुनर राखीएको बाघलाई समात्न जिल्ला वन कार्यालयको टोली र नेपाल प्रहरी अहिले घट्नास्थलमा पुगेको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend