काठमाडौं । काठमाडौं क्षेत्र नम्बर १ का स्वतन्त्र उम्मेदवार दुर्गा लिम्बूले उम्मेदवारी निष्क्रिय पारेर कांग्रेस उम्मेदवार प्रकाशमान सिंहलाई समर्थन गरेका छन् । उनले शुक्रबार एक कार्यक्रमका बीच प्रकाशमानलाई समर्थन गर्दै आफ्नो उम्मेदवारी निष्कृय गरेको बताए ।
क्षेत्र नम्बर १ मा आज एक कार्यक्रममार्फत उनले सिंहलाई समर्थन गरेको घोषणा गरे। कार्यक्रममा बोल्दै लिम्बूले राजनीतिक स्थिरता र संविधान कार्यान्वयनको नेतृत्व यस क्षेत्रबाट सिंहले मात्रै गर्न सक्ने बताए । उनले प्रकाशमानले अघि सारेको ‘केन्द्रमा प्रभाव, क्षेत्रमा विकास’ भन्ने चुनावी नारा आफूलाई मन परेको बताए । काठमाडौंका १० वटा निर्वाचन क्षेत्रहरुमध्ये सबैभन्दा धेरै विकास क्षेत्र नम्बर १ मा भएको र त्यो प्रकाशमानकै कारण भएको निष्कर्ष समेत उनले सुनाए ।