कठमाडौं । चर्चित अभिनेत्री मनिषा कोइराला काठमाडौंमा आयोजित राष्ट्रिय प्रजातन्त्र पार्टीको चुनावी सभामा पनि सहभागी भएकी छन् । शुक्रबार काठमाडौंको बसन्तपुरमा आयोजित सो पार्टीको आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको चुनावी सभामा सहभागी भएकी हुन् ।
बलिउडमा ख्याती कमाउनु भएकी अभिनेत्री कोइराला अहिले भर्खरै राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनको साथमा सो कार्यक्रममा सहभागी भएकी हुन् । नेपाली काँग्रेसका संस्थापक एवम् नेपालको पहिलो जननिर्वाचित प्रधानमन्त्री विपी कोइरालाकी नातिनी अभिनेत्री कोइरालालाई कार्यक्रममा सहभागी हुँदा ताली बजाएर भव्य स्वागत गरिएको छ । उनले केहीबेरमा सभालाई सम्बोधन गर्नुहुने राप्रपाले जनाएको छ । यस अघि आजै अभिनेत्री कोइरालाले पोखरामा आयोजित राप्रपाको चुनावी सभामा बोल्दै विपी विचार बोकेकाले राप्रपालाई आफूले रोजेको बताएकी थिइन् ।