logo

२०८१ मंसिर ९ आइतबार

logo
  • आइतबार, ९ मंसिर २०८१
  • राप्रपालाई मत माग्दै मनिषा कोइरालाले भनिन्- लिङदेनबाट प्रभावित भएँ

    राप्रपालाई मत माग्दै मनिषा कोइरालाले भनिन्- लिङदेनबाट प्रभावित भएँ

    2K
    Shares
    राप्रपालाई मत माग्दै मनिषा कोइरालाले भनिन्- लिङदेनबाट प्रभावित भएँ

    काठमाडौं । चर्चित बलिवुड अभिनेत्री मनिषा कोइरालाले आसन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) लाई विजयी गराउन आम मतदातालाई आह्वान गरेकी छन् ।

    शुक्रबार काठमाडौंमा आयोजित राप्रपाको चुनावी सभामा बोल्दै अभिनेत्री कोइरालाले राजेन्द्र लिङदेनको नेतृत्वबाट आफू प्रभावित भएकाले आफूले राप्रपाका उम्मेदवारलाई रोजेको पनि स्पष्ट पारिन् । भ्रष्टाचार गर्नु आमाको रगत खानु सरह रहेको कुरा लिङदेनले भनेपछि आफू त्यसको पक्षमा मनैदेखि उभिएको उनको भनाई थियो ।

    अभिनेत्री कोइरालाले विपीको विचारलाई पनि लिङदेनले आत्मासात गरेकोमा आफूलाई गर्वबोध भएको बताईन् । उनले जनताको आवाजलाई संसदमा बलियो बनाउन पनि राप्रपाका उम्मेदवारहरुले जित्नुपर्ने तर्क समेत गरिन् ।

    ‘आज म यहाँ उभिएको छु–राजेन्द्रजीको मुख हेरेर । उहाँको भाषण सुनेर । उहाँले जब भन्नु भएको थियो नि–भ्रष्टाचार गर्नु भनेको आमाको रगत खानु हो । मलाई त्यो कुरा सुनेर मलाई लाग्यो कि नेपालले असल नेतृत्व पायो भनेर मलाई मनबाटै लाग्यो । त्यसैले म आज यहाँ उभिएको छु । अरुले विर्सेर होला । तर राजेन्द्र लिङदेनजीले विर्सनु भएको छैन विपी बालाई । विपी बाको मेलमिलापको नीति । उहाँले अन्तमा आएर बुझ्नु भयो कि । उहाँले नेपाललाई चाहिने कुरा राख्नु भएको छ । म चाहन्छुलाई उहाँहरुलाई अत्याधिक भोटले जिताउनु हो्स्, उहाँहरुका सबै प्रतिनिधिहरुलाई । र, हलोमा भोट दिनुहोस् । र, तपाईहरुको आवाजलाई संसदमा बलियो होस् भन्ने म चाहन्छु । उहाँहरुले तपाईहरुको सेवा गर्न पाउनु यो एउटा ठूलो मौका हो । तपाईहरुलाई थाहा छ कि छैन ? धेरै पहिला विपी र महेन्द्र सरकार दुईटै जना एक आपसमा आदर राख्नु हुन्थ्यो । तर, उहाँहरुले कहिल्यै पनि सहकार्य गर्न पाउनु भएको थिएन । त्यतिखेर मुलुकले एउटा ठूलो मौका गुमाएको थियो । अहिले त्यस्तै मौका तपाईहरुको हाम्रो ढोकामा आएको छ । अव यो मौकालाई हामीले गुमाउनु हुँदैन । अत्याधिक भोट दिनुहोस् । राप्रपालाई जिताउनुहोेस् । सबै उहाँहरुलाई जिताउनुहोस् भन्ने म आशा राख्दछु । तपाईहरुले मलाई सधैं माया दिनु भएको छ । सधैं आर्शिवाद दिनु भएको छ । म त्यसमा गौरव गर्छु । र, म चाहन्छु कि तपाईहरुको माया मेरो जीवनभर रहोस् । तपाईहरु सबैको जयहोस् ।’

    अभिनेत्री कोइरालाले नेपाली जनताले आफूलाई सधैं माया गरेको उल्लेख गर्दै त्यसले आफूलाई गौरवबोध गराएको समेत जिकिर गरिन् ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend