काठमाडौं । अर्थविद् डा. स्वर्णिम वाग्लेले नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापा आसन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनपछि प्रधानमन्त्री बन्ने दावी गरेका छन् । नेपाली काँग्रेसको निकट रहेर चुनावी प्रचारमा जुटनु भएका अर्थविद् वाग्लेले मुलुकको प्रधानमन्त्री बन्नका लागि थापा सक्षम र तयार रहेको पनि पटकपटक दोहो¥याए ।
शनिबार काठमाडौं क्षेत्र नम्बर ४ को एक कार्यक्रममा बोल्दै उनले थापालाई प्रधानमन्त्री बनाउनका लागि जिताएर पठाउन पनि स्थानीय मतदातालाई आह्वान गरे । अर्थविद् वाग्लेले थापासँग प्रधानमन्त्री बन्ने भिजन र सोही अनुसारको आफूहरुजस्ता विज्ञहरुको टिम रहेको समेत खुलासा गरे । थापाले कोभिड महामारीमा राजनेताको छवी बनाएको भन्दै उनलाई अगाडि बढाएर प्रधानमन्त्री बनाउन सके १० वर्ष भित्र मुलुकमा ठूलो परिवर्तन आउने विश्वास समेत व्यक्त गरे ।
अर्थविद् वाग्लेले थापाले ७ महिना स्वास्थ्यमन्त्री हुँदा मुलुकमा एकीकृत स्वास्थ्य नीतिको जग बसाएको र त्यसलाई कार्यान्वयन गरेर लैजादा हरेक नागरिकलाई विमाको माध्यामबाट स्वास्थ्य उपचार पाउने अवस्था रहेको पनि बताए । थापा आन्दोलनबाट आएको नेता भएको उल्लेख गर्दै उहाँले उहाँकै नेतृत्वमा मुलुकको अवस्थामा पनि परिवर्तन गर्न सकिने बताए । अव पुराना पुस्ताका नेताहरुको योगदानको सम्मान गर्दै नयाँ नेतृत्वबाट मुलुकलाई अघि बढाउन सबै लाग्नुपर्ने अर्थविद् वाग्लेको भनाई थियो ।
उनले भने, ‘गगन थापा एउटा व्यक्ति । मैले संगठनको कुरा गरेँ । आर्थिक एजेण्डाका कुराहरु गरेँ । समन्यायिक समाज बनाउनका लागि पनि त्यो आर्थिक सामथ्र्य ठूलो हुुनुपर्छ भन्ने छ । यसपाली हामीले कोखदेखि शोकसम्म भनेर शिक्षा, स्वास्थ्यलगायत एकीकृत सामाजिक सुरक्षाको अवधारणाहरु पनि लिएर आएका छौं । कतिपयले यो छर्ने खालको भनेर आलोचना पनि गरेँ । त्यो बुझाईको कमी हो भन्ने मलाई लाग्दछ । गगन थापालाई मैले १५÷१६ वर्ष अगाडि देखेको हुँ । उनी आन्दोलनबाट खारिएका आएका नेता हुन । २०६२÷०६३ को आन्दोलनमा गगन थापा, प्रदिप पौडेलहरुले नै विद्यार्थी आन्दोलनका थामेका हुन । काठमाडौंका सडकहरु तताएका हुन । त्यतिबेलाको आन्दोलनको अर्गमोर्चामा रहेर के का लागि भन्दाखेरी पहिला व्यवस्था परिवर्तन गरौं । त्यसपछि अवस्था परिवर्तन गर्नुपर्छ । जीवनस्तरलाई उकास्नका लागि आन्दोलन गरियो । प्रशव वेदनका साथ संविधान लेखनमा होमियौं । एक दशक लगाएर एक थान संविधान बनेको छ । अहिले नै यसलाई कमजोर बनाउनेतिर हामी नलागौं । केही गुनासाहरु छन प्रदेश सरकारको हकमा । यो संविधान बोझिलो भयो । धान्न सकिन्छ कि सकिदैन ? यसमा केही यथार्थहरु पनि छन ।
केही भ्रम पनि छरिएको छ । तर, यो भद्दा खालको संरचनालाई नै हामीले चुस्त बनाउनु पर्नेछ । त्यसबारेमा पनि नेपाली काँग्रेसको संकल्प पत्रले सम्बोधन गरेको छ । यसलाई किफायती बनाउँछौं । तर समग्रमा फोहोर पोखरीलाई भित्रैबाट सफा गछौंं भनेर हामी त्यो पोखरीमा हाम फालेका छौं । अव हामीले अवस्था परिवर्तनको एजेण्डाका लागि नयाँ खालको पुराना नेताहरुलाई ससम्मान विदाई गर्ने, उहाँहरुले जहाँसम्म नेपाललाई लिएर आएर छोडनु भएको छ । त्यसका निम्ति पनि धन्यवाद दिने र अवको नयाँ यात्रा चाँही नयाँ पुस्ताबाट नै ड्राइभ गर्ने खालको राजनीतिक प्रक्रियामा हामी गएका छौं । र, मलाई लाग्छ–गगन थापा, जो आन्दोलनबाट खारिएका व्यक्ति हुन । उनलाई मैले २०६२÷०६३ को टाईमदेखि नै चिनेको हुँ । पछि उनी सांसद भएपछि संसदीय कृषि समितिमा, जलस्रोत सम्बन्धि समितिमा बसेर यो पार्लियामेन्टको खास कामहरु भनेकै कमिटीहरुमा गर्ने हो ।
गुड ल र गुड संस्थाको जगमा मुलुकको समुन्नतिको यात्रा तय गर्ने भन्ने जुन विश्वले नै प्रमाणित गरिसकेको छ । विकसित मुलुकहरुले देखाएको बाटो यही नै हो । र, त्यो कृषिको कमिटीमा, जलस्रोतको कमिटीमा बसेर उनले गरेको तयारी, विज्ञहरुसँग सरसल्लाह लिएर कसरी नयाँ कुराहरु पस्किन सकिन्छ ? अहिले भईरहेका बेथिति र अड्चनहरु कसरी फुकाउन सकिन्छ भन्ने बारे जुन ग्राभिटीका साथ जुन गाम्भिर्यताका साथ उनले जे काम गर्दथे । त्यसले मलाई धेरै नै प्रभावित पारेपछि हामीले नेपाल बनाउन सकिन्छ, नेपाल बनाउनु पर्छ । त्यसका लागि युवाहरुको कोलियसननै बनाऔं भनेर अघोषित रुपमा युवाहरुको एउटा एलाईन्स त्यतिखेर देखिनै बनेको हो । उनी रेडी छन, उनी तयार छन । उनी क्वालिफाईड छन । यो कुरा उनले छोटो समयमा म योजना आयोगको सदस्य, उपाध्यक्ष हुँदाखेरी उनले यो मुलुकलाई युनिफाईड हेल्थ सिष्टममा कसरी बाँध्न सकिन्छ भन्ने बारे यति गहिरो होमवर्क गरे । उनले बनाएको माष्टर प्लानमै मुलुक हिँडीरहेको छ । तर हाम्रो संकीर्ण राजनीतिले गर्दा कहिलेकहिले यो त गगन थापाले बनाएकाले अगाडि बढाउदिन भनेर उनले चालेका कदमहरुलाई अगाडि नबढाउने काम पनि गरिएका छन । गगन थापालाई फेरी मन्त्री, उपप्रधानमन्त्री र प्रधानमन्त्री नै बनाउन सकियोभने सामाजिक सुरक्षाको प्रत्याभूतिले मूर्त आकार लिन्छ भन्ने मलाई लाग्दछ ।
अहिले भइराखेका विकृतिहरुलाई हामीले सुधार गर्ने र नेपाल जस्तो गरिव मुलुकले पनि धान्न सक्ने खालको सामाजिक सुरक्षाको एउटा आर्केटेक्चर हामीले बनाउँछौं । र, गगन थापाले केपी ओलीको निरंकुश सरकारलाई पनि संसदमा एक्लै उभिएर कोभिडकालमा उत्तरदायी बनाउने काम गरेँ । उनले त्यतिबेला स्टेटम्यानको भूमिका निर्वाह गरेँ । नेता त उनी स्थापित रुपमै भए । ३ चोटी सांसद भए । राजनेतामै आउने खालको झलक पनि उनले पछिल्ला दिनमा देखाएका छन । मलाई लाग्छ–त्यस्तो नेतालाई क्षेत्र नम्बर ४ ले जिताएर पठाई दियो भने तपाईहरुले तुरुन्तै आफ्नै निकट भविष्यमा नै प्रधानमन्त्री पाउनुहुनेछ । उनको जुन भिजन छ, हामीहरुजस्ता मानिसहरुको टिम उहाँसँग छ । यसले अवको ५÷१० वर्ष भित्रमै देखिने गरी एउटा गति हामी ल्याउँछौं । हामी कहीँ बिक्दैनौं । हामीलाई कसैले किन्न सक्दैन । हामी कसैका गोटी बन्दैनौं । हामी आफैं सक्षम छौं । हामीसँग सवलीकरण, सक्षमताको एजेण्डा छ । यो कामको नेतृत्व गगन थापाले गर्दछन । त्यसका लागि हामीले बल पु¥याई दिनु पर्दछ ।’
अर्थविद् थापाले नयाँ पुस्ता नआई मुलुकलाई समुन्नत बनाउन सक्ने अवस्था नभएको कुरालाई सबैले मनन गरेर अघि बढनुपर्ने समेत बताए । उनले युवा पुस्ताको परिचालन गरेर मुलुकलाई समृद्ध बनाउन सकिने बताए ।
अर्थविद् वाग्लेले मुलुक पछि पर्नुमा राजनीतिनै जिम्मेवार रहेको उल्लेख गर्दै त्यसलाई सुधार गर्दै लैजान पनि नयाँ पुस्ताले त्यसको नेतृत्व लिनुको विकल्प नरहेको बताए ।