logo

२०८१ असोज ५ शनिबार

logo
  • शनिबार, ५ असोज २०८१
  • आउँदो निर्वाचनमा प्रतिगमन परास्त हुनेगरी जनताले एकता प्रदर्शन गर्नुपर्छः अध्यक्ष प्रचण्ड

    आउँदो निर्वाचनमा प्रतिगमन परास्त हुनेगरी जनताले एकता प्रदर्शन गर्नुपर्छः अध्यक्ष प्रचण्ड

    1.6K
    Shares
    आउँदो निर्वाचनमा प्रतिगमन परास्त हुनेगरी जनताले एकता प्रदर्शन गर्नुपर्छः अध्यक्ष प्रचण्ड

    चितवन । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले आउँदो मंसिर ४ गतेको प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा प्रतिगमन परास्त हुनेगरी जनताले एकता प्रदर्शन गर्नुपर्ने बताएका छन् । चितवनमा गठबन्धनले आज (शनिबार) आयोजना गरेको चुनावीसभामा उनले यस्तो बताएका हुन् ।

    अध्यक्ष दाहालले देशमा फेरि राजनीतिक दुर्घटना गर्न खोज्ने प्रतिगामी र अवसरवादी तत्वहरुलाई पूरै पराजित गर्ने गरी जनताले एकता प्रदर्शन गर्नुपर्ने बताए ।

    ‘‘जसरी १२ बुँदे समझदारी, विस्तृत शान्ति सम्झौता, संविधानसभा र संघीय लोकतान्त्रिक गणतन्त्रमा एकताको प्रदर्शन हामीले गर्‍यौं, त्यसैगरी आउने मंसिर ४ को निर्वाचनमा पनि देशभरिका जनताले गठबन्धनका उम्मेदवारलाई अत्यधिक बहुमत दिएर विजयी बनाएपछि देशमा फेरि राजनीतिक दुर्घटना गर्न खोज्ने प्रतिगामी र अवसरवादी तत्वहरु पूरै पराजित हुनेछन्, उनले भने, स्थिरता र विकासको एउटा नयाँ मार्ग खुल्नेछ ।”

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend