बिहिबार, चैत्र २८ २०८१

बिहिबार, चैत्र २८ २०८१

जलवायु परिवर्तनविरुद्ध उचित कदम चाल्न माग गर्दै लिस्बनमा प्रदर्शन

जलवायु परिवर्तनविरुद्ध उचित कदम चाल्न माग गर्दै लिस्बनमा प्रदर्शन

Protesters for climate change and against the use of fossil fuels shout slogans in Lisbon, Portugal, November 12, 2022. REUTERS/Pedro Nunes

लिस्बन। जलवायु मुद्दाबाट आक्रोशित सयौं प्रदर्शनकारीहरू लिस्बनको सडकमा उत्रिएका छन् । अधिकांश प्रदर्शनकारीले पोर्चुगलका आर्थिक मन्त्री एन्टोनियो कोस्टा ई सिल्भाले भाषण दिइरहेका भवनमा पुगेर उनको राजीनामासमेत माग गरे ।

ब्यानर बोकेर नारा लगाउँदै प्रदर्शनकारीले जलवायु परिवर्तनविरुद्ध कदम चाल्न आह्वान गरेका छन् ।

जलवायु परिवर्तन हालै विश्वभरका मानिसहरूमा चर्चा र चासोको विषय बनेको छ । “कोस्टा ई सिल्भा बाहिर,“ प्रदर्शनकारीहरू भवनमा प्रवेश गर्दा उनीहरु चर्को आवाजले चिच्याएका थिए । प्रदर्शनकारीहरूलाई पुलिसले भवनबाट बाहिर निकालेको थियो ।

विश्वलाई जलवायु परिवर्तनबाट जोगाउने लक्ष्यलाई कायम राख्ने प्रयासमा  जलवायु शिखर सम्मेलनका क्रमममा इजिप्टमा जम्मा भएका करिब २०० राष्ट्रका प्रतिनिधिहरू भेला हुँदा प्रदर्शनहरू भएको थियो ।

सम्बन्धित विषय:
ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend