logo

२०८१ असोज १२ शनिबार

logo
  • शनिबार, १२ असोज २०८१
  • घरेलु मैदानमा हुनलागेको फिफा विश्वकपका लागि कतारले टाेली घोषणा

    घरेलु मैदानमा हुनलागेको फिफा विश्वकपका लागि कतारले टाेली घोषणा

    2.2K
    Shares
    घरेलु मैदानमा हुनलागेको फिफा विश्वकपका लागि कतारले टाेली घोषणा

     

    काठमाडौँ । घरेलु मैदानमा पहिलोपटक हुनलागेको फिफा विश्वकपका लागि कतारले २६ सदस्यीय टोलीको घोषणा गरेको छ। कतारका प्रशिक्षक फेलिक्स सान्चेजले कतारका सर्वाधिक गोलकर्ता अल्मोज अलि र अक्रम अफिफलाई आक्रमणको मुख्य जिम्मा दिएका छन्। अलिले कतारका लागि ८५ खेलमा ४२ गोल गरेका छन्।

    कतारको टोलीमा १६० भन्दा बढी क्याप जितेका अनुभवी खेलाडी हसन अलि–हेडोस र मिडफिल्डर अल साद छन्।

    यस्तो छ कतारको टोली
    गोलकिपर : साद अलसेब, मेशाल बर्शाम, युसेफ हसन

    डिफेन्डर : पेड्रो मिगुएल, मुसाब खिदिर, तारेक सलमान, बसम अल(रावी, बोउलेम खाउखी, अब्देलकरिम हसन, होमाम अहमद, जसम गाबेर

    मिडफिल्डर : अली असद, असिम मोदीबो, मोहम्मद अल वाद, सलेम (हजरी, मुस्तफा तारेक, करिम बौदियाफ, अब्देलाजिज हातिम, इस्माइल मोहम्मद

    फरवार्ड : नैफ अल्धरामी, अहमद अलाउद्दिन, हसन अल–हेडोस, खालिद मुनीर, अक्रम अफिफ, अल्मोज अली, मोहम्मद मुन्तारी


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend