logo

२०८१ असोज १२ शनिबार

logo
  • शनिबार, १२ असोज २०८१
  • मौन अवधिदेखि मतगणना नसकिएसम्म मदिरा निषेध गर्न आयोगकाे निर्देशन

    मौन अवधिदेखि मतगणना नसकिएसम्म मदिरा निषेध गर्न आयोगकाे निर्देशन

    3.8K
    Shares
    मौन अवधिदेखि मतगणना नसकिएसम्म मदिरा निषेध गर्न आयोगकाे निर्देशन

    काठमाडौं । निर्वाचन आयोगले निर्वाचनको मौन अवधिदेखि मतगणना कार्य पूरा नभएसम्म मादक पदार्थ विक्रीविवरण तथा सेवन गर्ने काम निषेध गर्न गृह मन्त्रालयलाई निर्देशन दिएको छ ।

    केन्द्रिय आचारसंहिता अनुगमन समितिको आईतबार बसेको बैठकले मादक पर्दा जफत गर्नुपरेमा गृह मन्त्रालयमार्फत् प्रहरीलाई निर्देशन दिने निर्णय गरेको हो । समितिका संयोजक समेत रहेका निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले स्वच्छ, निश्पक्ष, स्वतन्त्र र भयरहित निर्वाचन सम्पन्न गराउनका लागि निर्वाचन कार्यमा संलग्न विभिन्न निकायलाई ७ बुँदे निर्देशन जारी गरिएको पनि जानकारी दिए ।

    बैठकले अनुगमन अधिकृत र जिल्ला आचारसंहिता अनुगमन समितिलाई हालसम्म प्राप्त भएको आचारसंहिता उल्लंघन सम्बन्धि उजुरी र सो सम्बन्धमा सोधेको स्पष्टिकरण, उजुरीको फछर्यौट र कारबाहीको अवस्थासहितको प्रगति विवरण समितिमा वा आयोगमा पठाउन पनि निर्देश गरेको छ । निर्वाचन आयुक्त भण्डारीले निर्वाचन आचारसंहिता उलंघन हुन नदिन आयोग सक्षम रहेका बताए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend