काठमाडौं । काठमाडौं महानगरपालिकाले हाइटेन्सन लाइन (उच्च भोल्टेज ट्रान्समिसन लाइन) मा अवरोध गर्ने रुखका हाँगा हटाउन थालेको छ । महानगरले विद्युत प्राधिकरणबाट सभागृह हुँदै पद्मोदय मोडसम्म रुखको हाँगा हटाउन थालेको हो ।
विद्युत प्राधिकरणको अनुरोधपछि प्राधिकरणसँगै सहकार्य गरेर महानगरको जुद्ध बारुण यन्त्र कार्यालयले हाँगा हटाउन जनशक्ति र उपकरण परिचालन गरेको महानगरले जनाएको छ ।