logo

२०८१ मंसिर ८ शनिबार

logo
  • शनिबार, ८ मंसिर २०८१
  • दुर्गमका मतपेटिका हेलिकोप्टरमार्फत ल्याउन सिफारिस

    दुर्गमका मतपेटिका हेलिकोप्टरमार्फत ल्याउन सिफारिस

    1.9K
    Shares
    दुर्गमका मतपेटिका हेलिकोप्टरमार्फत ल्याउन सिफारिस

     

    ताप्लेजुङ । ताप्लेजुङको दुर्गम क्षेत्रका चार मतदान केन्द्रको मतपेटिका हेलिकप्टरमार्फत मुख्य निर्वाचन कार्यालयसम्म ल्याउन निर्वाचन आयोगमा सिफारिस गरिएको छ । यातायातको पहुँच नपुगेको र सदरमुकामदेखि धेरै लामो दूरी हुने मतदान केन्द्रका मतपेटिका ल्याउन जिल्ला निर्वाचन व्यवस्थापन समितिले सिफारिस गरेको जिल्ला निर्वाचन अधिकारी दिनेश खनालले बताए ।

    खनालका अनुसार फक्ताङलुङ गाउँपालिका—७ ओलाचुङगोला, याङ्मा, फक्ताङलुङ गाउँपालिका—६ घुन्सा र ग्याब्लाको मतपेटिका हेलिकप्टरमार्फत ल्याउन सिफारिस गरिएको छ ।

    फक्ताङलुङ गाउँपालिका ६ स्थित घुन्सा आधारभूत विद्यालय मतदान केन्द्रमा एक सय ६९ र ग्याब्ला आधारभूत विद्यालय मतदान केन्द्रमा ६७ जना मतदाता रहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । ओलाङचुङगोलास्थित वडा कार्यालय मतदान केन्द्रमा दुई सय ८४ र याङ्मा आधारभूत विद्यालय मतदान केन्द्रमा ६१ मतदाता छन् । गत प्रतिनिधि तथा प्रदेशसभाको निर्वाचनमा सो क्षेत्रका मतपेटिका हेलिकप्टरबाट फुङलिङ ल्याइएको थियो ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend