बिहिबार, बैशाख ४ २०८२

बिहिबार, बैशाख ४ २०८२

डोटीका भूकम्पपीडितलाई राहत सामग्री सहयोग

डोटीका भूकम्पपीडितलाई राहत सामग्री सहयोग

काठमाडौं । गैरआवासीय नेपाली संघले डोटीका भूकम्पपीडितलाई राहत सामग्री सहयोग गरेको छ । कैलाली उद्योग बाणिज्य संघ र डोटी उद्योग बाणिज्य संघको संयुक्त सहकार्यमा संघले पीडितलाई राहत सामग्री वितरण गरेको हो ।

गत कार्तिक २३ गते खप्तड राष्ट्रिय निकुञ्ज क्षेत्रलाई केन्द्रविन्दु बनाई आएको भूकम्पका कारण घर भत्किँदा ६ जनाको मृत्यु र ८ जना घाइते भएका थिए । यसैगरी कयौँ घरपरिवार प्रभावित भएको बताइएको छ ।

जिल्ला विपत व्यवस्थापन समिति मार्फत भूकम्प पीडितलाई साढे तीन लाख भन्दा बढी बराबरको राहत सामग्री सहयोग गरिएको र बाँकी अन्य ठाउँमा वितरण गर्ने कार्य जारी रहेको संघले जनाएको छ ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend