सोमबार, बैशाख २ २०८२

सोमबार, बैशाख २ २०८२

जलेश्वरधाममा ४० औँ अनुष्ठान हुँदै

जलेश्वरधाममा ४० औँ अनुष्ठान हुँदै

काठमाडौं । पूर्वकै पशुपतिनाथको नामले परिचित अर्जुनधारा जलेश्वर धाममा ४० औँ वार्षिक अनुष्ठान हुने भएको छ । आगामी मङ्सिर १ गतेदेखि ब्रह्माण्ड महापुराण कथा वाचन हुने धामका कोषाध्यक्ष मनोज जोशीले जानकारी दिए । मङ्सिर ६ गते बाला चतुर्दशीको दिन सतबीज रोपण गरी पुराणको समापन गरिने उनको भनाइ छ ।

पुराणमा दैनिक कथा वाचन भक्तिमय भजन गरिँदै साँझ गङ्गा आरती गरिनेछ । यसैबीच रुद्राभिषेक, तण्डुलाचल, धनधान्याचल, दैनिक हवन, भूमिदान जस्ता कार्य गरिने धाम समितिले जनाएको छ । मङ्सिर ५ गते लक्ष्यबत्ती प्रज्वलन साँझ ६ बजेदेखि गरिने र विभिन्न क्षेत्रबाट आउने धर्मानुरागीका लागि बस्ने व्यवस्था मिलाइएको छ ।

सम्बन्धित विषय:
ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend