बिहिबार, बैशाख ४ २०८२

बिहिबार, बैशाख ४ २०८२

देशका विभिन्न स्थानमा तीन जना मृत अवस्थामा फेला

देशका विभिन्न स्थानमा तीन जना मृत अवस्थामा फेला

 

काठमाडौं । देशका विभिन्न स्थानमा तीन जना मृत अवस्थामा फेला परेका छन् । गुल्मीको इस्मा गाउँपालिका–५ दरिङ ढुङ्गा बस्ने ७४ वर्षीया जीवाकला थापा आफ्नै घरमा सोमबार मृत अवस्थामा फेला परेकी छन् ।

सुर्खेतको लेकबेशी नगरपालिका–९ चौरासे तिल्केपानी बस्ने ७३ वर्षीया डिल्लीसरा जैशी आफ्नै घर नजिक खेतमा सोमबार मृत अवस्थामा फेला परेकी छन् ।

सुनसरीको बराहक्षेत्र नगरपालिका–२ स्थित चतरा झुम्का नहरमा हाल पहिचान नखुलेका पुरुषको शव सडिगलेको अवस्थामा सोमबार फेला परेको छ । सबै घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । – न्युज कारखाना

सम्बन्धित विषय:
ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend