काठमाडौं । काठमाडौं महानगरपालिकाले विद्युत प्रसारणमा अवरोध गर्ने रुख र रुखका हाँगाहरु काट्न सुरु गरेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अन्तर्गत सिनामंगल क्षेत्रमा विद्युतको तारमा अवरोध गर्ने रुख र रुखका हाँगा काटेर पन्छाउने काम सुरु गरेको हो ।
विद्युत प्राधिकरणको अनुरोधपछि प्राधिकरणसँगै सहकार्य गरेर रुख र रुखका हाँगा काट्ने काम भइरहेको छ ।