logo

२०८१ मंसिर ७ शुक्रबार

logo
  • शुक्रबार, ७ मंसिर २०८१
  • जनताले हामीले जिताउँछौँ, प्रधानमन्त्री बन्नुस् भनेका छन्ः प्रकाशमान सिंह

    जनताले हामीले जिताउँछौँ, प्रधानमन्त्री बन्नुस् भनेका छन्ः प्रकाशमान सिंह

    3.3K
    Shares
    जनताले हामीले जिताउँछौँ, प्रधानमन्त्री बन्नुस् भनेका छन्ः प्रकाशमान सिंह

    काठमाडौं । नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले आसन्न निर्वाचनपछि जनताले आफूलाई प्रधानमन्त्रीमा देख्न चाहेको बताएका छन् । बुधवार काठमाडौं निर्वाचन क्षेत्र नम्बर १ को चुनावी घरदैलोका क्रममा उनले यस्तो बताएका हुन् ।

    नेता सिंहले आफ्नो निर्वाचन क्षेत्रका मतदाताहरुले उपप्रधानमन्त्री बनाइसकेको र अब पनि चुनाव जिताएर पठाउने र प्रधानमन्त्रीको रुपमा देख्न चाहेको बताएको जानकारी दिए । उनले विगतका चुनावमा भन्दा यस पटकको चुनावमा जनताले राम्रो प्रतिक्रिया दिइरहेको भन्दै आफूले आफ्नो निर्वाचन क्षेत्रमा विकास निर्माणका कामहरु उल्लेख्य गरेको बताए । उनले जनताले काठमाडौं, १ मा खानेपानीको समस्या समाधान गर्नेकुरा पहिलो माग राखेको बताए । गुणस्तरयुक्त शिक्षा र स्वास्थ्य सेवाको विकास गर्न पनि मतदाताले माग गरेको बताए । उनले आसन्न निर्वाचनमा जित हाँसिल गरेपनि आफ्नो पहिलो काम खानेपानीको समस्या समाधान गर्ने र सामुदायिक र निजी विद्यालयको शिक्षा गुणस्तरमा समानता ल्याउने रहेको बताए । शिक्षामा समानताका लागि संघीय शिक्षा ऐन बनाउँदा जोड दिनेपनि बताए ।

    उनले भने, ‘चौथो पटकको चुनाव भिड्न लागिरहेको बेलामा मलाई जनताले राम्रो प्रतिक्रिया दिइरहनुभएको छ । मलाई के भन्नुभएको छ भने हामीले चुनेर पठाएर तपाई उपप्रधानमन्त्रीसम्म बन्नुभयो, हामी फेरि पनि चुन्छाँै, तपाई प्रधानमन्त्री हुनुप¥यो भनिरहेका छन् । अधिकांशले भनेका छन् । यो निर्वाचन क्षेत्रको विकास निर्माणको काम गर्ने हो भने समुदायलाई हुने, टोललाई हुने सबै कामहरुमा हामीले बाटोदेखि, गल्लीहरु ढुंगाले छापेका छौँ,मेन रोड पिच भइसकेका छन्, ५ वर्षअघि बाटोहरु खराब थिए । यसअघि घरदैलोमा जाँदा किन भोट दिने भनेर गाली गर्थे । तर यसपटक सबैले समर्थन गरेका छन् । खानेपानी कहिले भनिरहेका छन् । स्वास्थ्य, शिक्षाको सेवा राम्रो हुनुपर्छ भन्ने छ । शिक्षाको गुणस्तरमा समानता ल्याउन हामी हेर्नेछाँै । सामुदायिक र निजी विद्यालयको शिक्षा गुणस्तरमा फरक भएकाले अब समान बनाउने काम हामी गर्नेछौँ । संघीय शिक्षा ऐन बनाउँदा त्यसमा हामी बढी जोड दिनेछौँ । १६ रोपनी भन्दा बढी सार्वजनिक जग्गा हडपेर उपभोग गरेकोबाट फर्काएर बानश्वर एक नम्बर निर्वाचन क्षेत्रमा १५ वटा पार्क बनाउने छौँ । पार्क, भवन, ओपन जिम बनाउनेछौँ ।’

    काठमाडौं निर्वाचन क्षेत्र नम्बर १ मा गठबन्धनको साझा उम्मेदवारको रुपमा नेपाली काँग्रेसबाट प्रतिनिधि सभा सदस्य उम्मेदवार रहनुभएका नेता सिंहले आफ्नो निर्वाचन क्षेत्रमा भएका सार्वजनिक जग्गाहरु अनाधिकृत रुपमा प्रयोग भएकाले त्यसलाई फर्काएर सानो खेलग्राम र पार्कहरु बनाउने बताए । नेता सिंहले संवैधानिक निकायहरुमा राजनीतिकरण हुनु नहुने भन्दै योग्य व्यक्ति चुन्नुपर्ने बताए ।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend