काठमाडौं । नेपाली बजारमा बुधवार सुनको मूल्यमा वृद्धि भएको छ । यस दिन छापावाल सुन प्रति तोला ९८ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
मंगलवार सुन प्रति तोला ९८ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो । यस दिन चाँदी प्रति तोला १ हजार २९५ रुपैयाँमा कारोबार भइरहेको छ ।
अघिल्लो दिन चाँदी प्रति तोला १ हजार ३२५ रुपैयाँमा कारोबार भएको थियो ।