बिहिबार, बैशाख ४ २०८२

बिहिबार, बैशाख ४ २०८२

युक्रेनमाथिको रुसी हमला बर्बर : बाइडेन

युक्रेनमाथिको रुसी हमला बर्बर : बाइडेन

न्युयोर्क । अमेरिकी राष्ट्रपति जो बाइडेनले बुधबार रुसले युक्रेनी नागरिकमाथि गरेको हमलालाई ‘बर्बर’ भनेका छन् । इन्डोनेसियाको बालीमा आयोजित जी २० शिखर सम्मेलनलाई सम्बोधन गर्दै उनले रुसी हमलाको निन्दा गरेका हुन्। पोल्यान्डमा रुसको एक संदिग्ध क्षेप्यास्त्र प्रहार भइरहेको सन्दर्भमा बाइडेनको भनाइ आएको हो ।

युक्रेनको सिमानानजिक पूर्वी पोल्याण्डको एक गाउँ प्र्जेवोडोमा भएको विस्फोटमा दुई जनाको मृत्यु भएको थियो । विस्फोट रुसी मिसाइलहरूबाट भएको भन्दै नेटो सहयोगीहरूले अनुसन्धान गरिरहेका छन् ।

यसअघि अमेरिकी गुप्तचर निकायका एक वरिष्ठ अधिकारीलाई उद्धृत गर्दै एसोसिएटेड प्रेसले पोल्यान्डमा रुसी क्षेप्यास्त्रहरू प्रवेश गरेको कारण विस्फोट भएको बताएको थियो ।

सम्बन्धित विषय:
ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend