logo

२०८१ मंसिर ९ आइतबार

logo
  • आइतबार, ९ मंसिर २०८१
  • संसद्लाई निँदाउने होइन, काम गर्ने थलो बनाउने होः कुन्तीदेवी पोख्रेल

    संसद्लाई निँदाउने होइन, काम गर्ने थलो बनाउने होः कुन्तीदेवी पोख्रेल

    1.8K
    Shares
    संसद्लाई निँदाउने होइन, काम गर्ने थलो बनाउने होः कुन्तीदेवी पोख्रेल

     

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीकी केद्रीय सदस्य तथा काठमाडौं क्षेत्र नं २ की प्रतिनिध सभा सदस्य उममेदवार कुन्ती पोख्रेलले संसदलाई निँदाउने नभएर काम गर्ने थलो बनाउनका लागि आफ्नो उम्मेदवारी रहेको बताएकी छिन् । उनले अघि कतिपय सांसद्हरु संसदमा गएर निँदाउने गरेको भन्दै अब त्यो ठाउँ निँदाउन नभइै काम गर्ने थलोको रुपमा रुपान्तरण गर्न आफूले चुनाव जित्नुपर्ने बताएकी छिन् । उनी भन्छिन्, ‘अब संसद्लाई नेपालको समृद्धि हासिल गर्नको लागि योजना बनाउने थलो बनानुपर्ने त्यसको आफूसँग योजनाको भन्दै ‘हलो’मा भोट हालेर जिताउन मतदातासँग आग्रह गरेकी छिन् ।

    कोटेश्वरमा भएको आममतदाता तथा पार्टी कार्यकर्ता भेला कार्यक्रममा बोल्दै उनले नेपालको संसदमा कहाँ कसरी विकास गन गर्ने भन्ने विषयमा छलफल हुनुपर्ने थियो तर त्यहाँ त कतिपय सांसदहरु अल्छी लागेर निँदाएको दृश्य तपाईं हामीले प्रशस्तै देखेका छौं । वास्तवमा नेपाली जनताले यस्तो प्रकारको समस्या भोगिरहनु परेको छ यो दूर्भाग्यपूर्ण हो,’ उनले भनिन्, ‘हामीजस्ता योग्यता, क्षमता र दक्षताले भरिपूर्ण युवाहरुले आगामी संसदलाई विकासका लागि राम्रा योजना बनाउने थलोको रुपमा विकास गर्ने हो ।’ देशमा कहाँ के विकास गर्ने भन्ने प्रकारका संसद बनाउनुपर्छ भन्ने विषयमा अब आउने संसदमा छलफल हामी छलफल गर्छौं । ‘यस अघिका सांसद्हरुले संस्थालाई हाजिर पड्काएर भत्ता खाने थलो मात्रै बनाएको भन्दै अब हामी त्यहाँ पुगेर देश र जनताको विकासका कामको योजना बनाउँछौं,’ पोख्रेलले प्रतिवद्धता जनाइन् ।

    आज मुलुकमा अधिकांश पढेलेखेका सक्षम, क्षमतावान र सीपले भरिपूर्ण युवाहरु बेरोजगार भएर विदेशिन वाध्य भएको भन्दै आफूले चुनाव जितेपछि त्यस्ता जनशक्तिलाई सीप र क्षमताको आधारमा देश विकासमा लगाउनुपर्नेमा जोड दिइन् । उनी अगाडि भन्छिन्, ‘पुराना नेताहरुसँग युवाहरुको आवश्यकता अनुसार काम गर्ने योजना नभएर पनि संसदमा निदाउनुभएको हुनसक्छ भन्दै अब त्यस ठाउँमा नयाँ भिजन भएका युवा पुग्नुपर्छ, त्यसको लागि आफूले उम्मेदवारी दिएको हो ।’ पोख्रेलले आज मंसिर १ गते कामाठमाडैं २ अन्तर्गत सिनामंगलका मतदातासँग भेटघाटका क्रममा कुरा गर्दै यस्तो बताएकी हुन् ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend